२४ श्रावण २०८३, आईतवार
,
Latest
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन समावेशिता नारामा सिमित नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छः उपराष्ट्रपति यादव आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छः कार्यवाहक प्रमुख डंगोल सरकारको नेतृत्व गर्नेबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको छः भीष्मराज आङ्देम्बे बाँकेको भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो १५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः सभापति थापा कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः राजेश हमाल देउवा–ओलीबीच भएको सहमति कार्यान्वयन गर्न खोज्दा प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रश्ताव आयो, हामीले मानेनौँः गगन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको निर्णय: चितवन–२ मा जितनारायणलाई उठाउने बारा–२ मा उपेन्द्रलाई सघाउने



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले आगामी वैशाख १० गते बारा–२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।

बिहीबार बिहान सानेपास्थित पार्टी कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा–२ मा जसपाका अध्यक्ष यादवलाई सघाउने निर्णय गरेको हो । सो क्षेत्रमा यसअघि जसपाकै रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको थियो । उहाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि खाली भएको उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

कांग्रेसले चितवन–२ मा भने पार्टीका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निर्वाचित हुनुभएको थियो ।

तर दोहोरो नागरिकता प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत भइसक्नुभएका लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो निर्वाचन क्षेत्रमा पनि आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।

उक्त निर्वाचन क्षेत्रबाट रास्वपाले पुन: लामिछानेलाई उम्मेदवार बनाउँदैछ । उहाँविरुद्धको राहदानीसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरिसकेको छ ।

त्यसगरी कांग्रेसले तनहुँ निर्वाचन क्षेत्र नं १ मा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएकाले सो क्षेत्रमा पनि उपनिर्वाचन हुनेछ ।