२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गेशविरुद्ध उजुरी दिएका टिकटकर रिदमले माफी माग्दै गरे मिलापत्र



अ+ अ-

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी दिएका टिकटकर रिदम क्षेत्री उर्फ ह्यान्सी ब्रोले आरोप फिर्ता लिएका छन् ।

रिदमले टोखामा भएको म्युजिक भिडियो कलाकारहरूको पिकनिकका क्रममा दुर्गेशले आफूमाथि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । छलफलपछि दुवैले अब एक–अर्का विरुद्ध नबोल्ने भनेर मिलापत्र गरेका प्रहरीले बताएको छ । मिलापत्र गर्दै रिदमले आफूले अरूको उक्साहटमा दुर्गेशमाथि जथाभाबी बोलेको भन्दै माफी मागेका थिए ।

दुर्गेशले पनि अब आइन्दा यो विषयलाई इस्यू नबनाउने प्रतिबद्धतासहित मिलापत्र गरेको बताईएको छ।