५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा तनावः १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते



अ+ अ-

विराटनगर । प्रदेशको नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगर तनावपूर्ण बनेको छ ।

मंगलबार दिउँसो विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच झडप हुँदा दुवैतर्फबाट २० भन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीलाई लखेट्न प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ भने ४४ सेल अश्रुग्यास प्रहार गरेको छ ।

विराटनगरको होटल बिगमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यहरु सहभागी हुने जानकारी पाएपछि आन्दोलनकारी घेर्नका लागि विराटनगर आएका थिए । पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने र कोशी नाम खारेज गर्नुपर्ने मागसहित विभिन्न दल र संघसंस्थाका कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् ।

पहिचानका आधारमा नाम राख्न दबाव दिन भन्दै आएका आन्दोलनकारीलाई प्रहरीले रोक्न खोजेपछि दुई पक्षबीच झडप निम्तिएको हो ।