२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा तनावः १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते



अ+ अ-

विराटनगर । प्रदेशको नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगर तनावपूर्ण बनेको छ ।

मंगलबार दिउँसो विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच झडप हुँदा दुवैतर्फबाट २० भन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीलाई लखेट्न प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ भने ४४ सेल अश्रुग्यास प्रहार गरेको छ ।

विराटनगरको होटल बिगमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यहरु सहभागी हुने जानकारी पाएपछि आन्दोलनकारी घेर्नका लागि विराटनगर आएका थिए । पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने र कोशी नाम खारेज गर्नुपर्ने मागसहित विभिन्न दल र संघसंस्थाका कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् ।

पहिचानका आधारमा नाम राख्न दबाव दिन भन्दै आएका आन्दोलनकारीलाई प्रहरीले रोक्न खोजेपछि दुई पक्षबीच झडप निम्तिएको हो ।