५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा सुनाउन मिटरब्याज पीडितको चाहना



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारअगाडि धर्ना दिएका मिटरब्याज पीडितहरुले आफ्ना कुरा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुुनाउन चाहेको बताएका छन् ।

आन्दोलनरत मिटरब्याज पीडितलाई मंगलबार बिहान भेट्न पुगेका गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मालाई उनीहरुले प्रधानमन्त्रीसँग भेटेरै आफ्ना कुरा राख्ने अडान लिएका थिए ।

पीडितहरुलाई भेट्न काठामाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय पनि सहसचिव शर्मासँगै पुग्नुभएको थियो । शर्माले पीडितहरुको समस्या यथाशीघ्र समाधान गर्ने आश्वासन दिँदै आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको थियो ।

पीडितहरुले प्रधानमन्त्रीसँगै आफ्ना कुरा राख्ने अडान लिएपछि सहसचिव शर्माले प्रधानमन्त्रीसँग भेट्ने समय मिलाउने आश्वासन दिनुभएको थियो ।

एघार दिन हिँडेर मिटरब्याज पीडितहरु आइतबार काठमाडौँ आइपुगेका हुन् । उनीहरु आइतबार मातातीर्थमा बसेका थिए र सोमबार राति खुलामञ्चमा बस्न खोजेका थिए । तर काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा बस्न नदिएपछि उनीहरु सडक किनारामै रात बिताएर मंगलबार बिहान बालुवाटार प्रस्थान गरेका हुन् ।