२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधवकुमार नेपाल र झलनाथ खनालले हेरे ‘छक्कापञ्जा ४’



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालले चलचित्र ‘छक्कापञ्जा ४’ हेरेका छन् ।

आइतबार कीर्तिपुरस्थित ‘कीर्तिपुर सिनेप्लेक्स’ पुगेर उनीहरूले राजनीतिक विषयवस्तुमा निर्माण भएको चलचित्र हेरेको चलचित्रका अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले जानकारी दिए ।

दिउँसो साढे १२ बजेको शोमा नेताहरूले आफै टिकट किनेर चलचित्र हेरेका थिए । चलचित्र हेरिसकेपछि नेता नेपाल र खनालले ‘छक्कापञ्जा ४’ मन परेको प्रतिक्रिया दिएका थिए ।

देश तथा विदेशमा प्रदर्शन जारी फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ भने कमाई पनि उत्साहजनक गरेको छ ।