२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद चौधरी र मेयर बालेनको ‘जम्काभेट’



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं अर्बपति विनोद चौधरी र काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन)बीच अकस्मात भेटघाट भएको छ ।

आइतबार चौधरीले बालेनसँगको जम्काभेटलाई फेसबुक स्ट्याटसमार्फत जानकारी गराएका हुन् ।

चौधरी र बालेनबीच भैरहवा विमानस्थलका भेट भएको हो । उनीहरू बिचमा भेटमा खासै लामो संवाद नभए पनि चौधरीले भने त्यो भेटलाई महत्त्वका साथ लिँदै छिटै महानगरसहित समग्र विकासका बारेमा छलफल गर्ने जनाएका छन् ।

चौधरीले लेखेका छन्, ‘काठमाडौं महानगरका मेयर बालेन्द्र शाहजीसँग नवलपरासी जाने क्रममा भैरहवा विमानस्थलमा भेट भयो । हामी छिट्टै भेटेर महानगरसहित समग्र विकासका बारेमा छलफल गर्नेछौँ ।’