२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद चौधरी र मेयर बालेनको ‘जम्काभेट’



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं अर्बपति विनोद चौधरी र काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन)बीच अकस्मात भेटघाट भएको छ ।

आइतबार चौधरीले बालेनसँगको जम्काभेटलाई फेसबुक स्ट्याटसमार्फत जानकारी गराएका हुन् ।

चौधरी र बालेनबीच भैरहवा विमानस्थलका भेट भएको हो । उनीहरू बिचमा भेटमा खासै लामो संवाद नभए पनि चौधरीले भने त्यो भेटलाई महत्त्वका साथ लिँदै छिटै महानगरसहित समग्र विकासका बारेमा छलफल गर्ने जनाएका छन् ।

चौधरीले लेखेका छन्, ‘काठमाडौं महानगरका मेयर बालेन्द्र शाहजीसँग नवलपरासी जाने क्रममा भैरहवा विमानस्थलमा भेट भयो । हामी छिट्टै भेटेर महानगरसहित समग्र विकासका बारेमा छलफल गर्नेछौँ ।’