१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते

दलितको नाममा आरक्षण दिँदासम्म उनीहरुमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम

दलितको नाममा आरक्षण दिँदासम्म उनीहरुमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम
file photo
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरुमाथि भएको उत्पीडनको अन्त्य नहुने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिनु नहुने बताउनुभएको छ । उहाँले जातको आधारमा आरक्षण दिएका कारण दलित समुदायमाथि भएको उत्पीडनको अहिलेसम्म अन्त्य हुन नसकेको बताउनु भयो ।

उहाँले दलित भनेर प्रतिनिधित्व पनि गराउनु नहुने बताउनु भयो । उहाँले कसैले कसैलाई दलित र उत्पीडित भन्नु नहुने भन्दै उहाँले सबै मानिस एकै भएको बताउनु भयो । दलित र उत्पीडित जस्ता शब्द नै खारेज गर्नुपर्ने उहाँको भनाई छ । उहाँले छुवाछुत गर्नेलाई आजिवन कारावास र भेदभाव गर्नेलाई कम्तिमा दश वर्ष कैद र जरिवाना गर्नुपर्ने कडा कानून बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालमा उत्पीडन समाप्त गर्न लागेको छ, तर आजसम्म पनि छैन । यो के भो यस्तो किसिमको भन्दा आरक्षण व्यवस्था रहँदासम्म समाप्त हुँदैन । आफुले आफैँलाई उत्पीडित भनेर जनप्रतिनिधित्व हुन्छ । कसरी प्रतिनिधित्व गर्नुभयो तपाईं भन्योभने म दलित समुदायबाट प्रतिनिधित्व गरेको हुँ भनेपछि अब त्यो समुदाय चाहीँ दलित भइरहनु पर्‍यो ।

तब न प्रतिनिधित्व हुन्छ । त्यसबाट मुक्त हुने व्यवस्था यसले गर्दैन । गर्दै गर्दैन । इतिहास साक्षि छ, उत्पीडन समाप्त गर्ने, दलित अवस्था समाप्त गर्ने भनेर चन्द्र समशेरको पालादेखि शुरु भएको अझै उत्पीडन व्यापक छ । महेन्द्रले ०१८ सालमा ल्याएको संविधानमै जातिपाति, छुवाछुतलाई दण्ड, सजायको विषयवस्तु बनाए । त्यो पनि समाप्त भएको छैन । हामीले नै गणतन्त्र आइसकेपछि पनि छैन ।

आज पनि त्यही व्यवस्था आलोचना गर्दाखेरी वैदिक कालमा के थियो ? स्मृति कालमा के थियो ? पुराण कालमा के थियो ? त्यसपछिको अवस्थाहरुमा के छन् भनेर भन्दै उत्पीडनको अवस्था छ, उत्पीडनको नाममा हामीले खोजेको के ? मुक्ति हो ? मुक्ति हो भने उत्पीडन हुनु हुँदैन । उत्पीडन भन्नुपनि हुँदैन । आफुलाई दलित पनि भन्नु हुँदैन । आरक्षण गर्नु हुँदैन । र कडाभन्दा कडा कानून बनाउनुपर्छ । हामीले कति कडा बनाउन सक्छौ, त्यति कडा । छुवाछुत गर्नेलाई आजीवन कारावास । भेदभाव गर्नेलाई कम्तिमा दश वर्ष जेल सजाय र क्षतिपूर्ति बापत पैसा दिनुपर्ने कानून बनाउनुपर्छ ।’

उहाँले उमेरको आधारमा पनि कसैलाई विभेद गर्नु नहुने भन्दै मान्छेले मान्छेलाई गर्ने सबै प्रकारको विभेदहरुको अन्त्य गर्नुपर्ने बताउनु भयो ।