२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शालिकराम जम्कट्टेलले दोश्रो पटक पाए विश्वासको मत



फाईल फोटो
अ+ अ-

हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोश्रो पटक विश्वासको मत पाएका छन्।

गत फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट राप्रपा अलग भएपछि जम्कट्टेलले पुन: विश्वासको मत लिनुपर्ने भएको थियो । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकिकृत समाजवादी तथा हाम्रो नेपाली पार्टीको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले माघ ३ गते पहिलो पटक विश्वासको मत प्राप्त गरेका थिए ।

जम्कट्टेललाई माओवादी केन्द्रसहित नेपाली कांग्रेस, एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएको छ ।

जम्मकट्टेलले कुल ११० प्रदेशसभा ९१ मध्ये बैठकमा उपस्थित ६७ जनाले ले विश्वासको मत दिएका छन भने विपक्षमा १७ मत आएको छ । मत दिन्न भन्नेमा ७ मत आएको छ ।