२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश: माओवादीले सरकारमाथिको समर्थन फिर्ता लियो, दुई मन्त्रीको राजीनामा आजै



अ+ अ-

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

शुक्रबार गण्डकी प्रदेश माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समर्थन फिर्ता गरेसँगै आजै दुई मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् ।

एमाले संसदीय दलका नेता खगराज अधिकारी पुस २५ मा माओवादी केन्द्रसहित राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादीले समर्थन फिर्ता लिएपछि अब अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।