२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोर्स चेञ्ज गरेर राष्ट्रपति बन्नसक्थेँ– माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफूले चाहेको भए राजनीतिक कोर्स परिवर्तन गरेर भएपनि राष्ट्रपति हुनसक्ने तर बन्न नचाहेको बताउनुभएको छ ।

पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको बैठकमा उहाँले कांग्रेस र माओवादीलाई धोका दिएर राष्ट्रपति बन्न नचाहेको बताउनुभयो । सत्ता गठबन्धनमा आफ्नो पार्टी निर्णायक भूमिकामा रहेको उहाँको भनाइ थियो ।

“हामीले चाहेको भए कोर्स चेञ्ज गरेर राष्ट्रपति बन्नसक्थ्यौँ । तर, के हुन्थ्यो थाहा छैन । एकीकृत समाजवादी र माधव नेपाल धोकेबाज होइन । कांग्रेस र माओवादीलाई पनि धोका दियो भन्ने हुन्थ्यो । इज्जत र प्रतिष्ठाभन्दा ठूलो केही छैन । राष्ट्रपति पाउनु कुनै ठूलो कुरा थिएन । मैले धोका दिने ढंगले अघि बढ्न चाहिनँ”, उहाँले भन्नुभयो ।

आफ्नो पार्टीले गठबन्धनमा सम्मानजनक भूमिका पाउने उल्लेख गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “मैले अस्तिको मिटिङमा भनेको थिए । ख्याल रहोस् । अहिले गठबन्धनमा १० वटा छ । म प्रधानमन्त्री भएको बेलामा २२ वटा पार्टीलाई एकताबद्ध बनाएर प्रधानमन्त्री भएको मान्छे । अहिले १० वटा पार्टी हुँदैमा आत्तिनुपर्ने छैन । साथ दिनेहरूलाई मिलाएर लाने हो ।”

नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको अहंकारप्रति लक्षित गर्दै उहाँले त्यो अहंकारले गर्दा सबैलाई बेवास्ता भएको र प्रचण्ड प्रधानमन्त्री हुने अवस्था बनेको बताउनुभयो ।