२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा राजा कुनै गतिला थिएनन्– माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा कुनै राजा गतिला नभएको बताउनुभएको छ ।

काठमाडौँमा आज भएको पार्टीनिकट भूपू सैनिकहरुको कार्यक्रममा उहाँले ‘राजा आऊ देश बचाऊ’ भन्नेलाई नेपालमा राजा कुनै गतिला थिए भनी प्रश्न गर्नुभयो । तत्कालीन राजाहरु भ्रष्टाचारबाट मुक्त, सुशासनका पक्षपोषक र त्यागी नभएको उहाँको भनाइ थियो ।

राजतन्त्र पुनस्थार्पित गर्नुपर्छ भन्दै विभिन्न बैठकहरु हुने गरेको उल्लेख गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “अहिले तपाईंहरुले देखिरहनुभएको छ– राजा आऊ, देश बचाऊ भनिरहेका छन्। राजतन्त्रलाई पुनर्स्थापित गर्नुपर्छ भन्नेहरू देखिरहनुभएको छ। तिनका बैठक बसेका छन्। के नेपालमा राजा कुनै गतिला छन् रु”

उहाँले राजा आएर उनीहरुले अब विकास निर्माणलगायतका काम गर्न नसक्ने बताउनुभयो ।

अहिले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतभारको हिसाबले पनि आफ्नो पार्टी चौथो रहेको भन्दै उहाँले भन्नुभयो, “अहिले पनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतभारको हिसाबले हाम्रो पार्टी चौथो स्थानमा रह्यो । तर, समानुपातिक मतको सम्म हिसाब जोड्दा हाम्रो पार्टी तल सातौँ स्थानमा पुगेको छ । त्यो पनि हाम्रै कमजोरीले ।”

पार्टीमा संगठित सदस्यले दुई मत संरक्षण गर्न नसक्दा रवि लामिछाने नेतृत्वको पार्टीलाई उछिन्न नसकेको उहाँको भनाइ थियो । “हाम्रो संगठित भएको सदस्य एक लाख ३६ हजार छ । एक व्यक्तिले दुईजनालाई मनाउन सकेको भएपनि हामीलाई तीन लाख मत कटाउन मुस्किल थिएन । हामीले सजिलै चौथो पार्टी बनाउनसक्थौँ । हामीले रवि लामिछानेको पार्टीलाई उछिन्थौं । राप्रपा, जसपालाई उछिन्थौं”, अध्यक्ष नेपालले भन्नुभयो ।