११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

मुहानको विवादले बाह्र सय घरमा खानेपानी अभाव

मुहानको विवादले बाह्र सय घरमा खानेपानी अभाव
अ अ+ अ-

बलेवा । विसं २०४८ अघि बागलुङ नगरपालिका–४ उपल्लाचौरलगायतका क्षेत्रमा पातलो बस्ती थियो । सहरीकरण नभएकाले एकाध घरपरिवारले गाउँ छेउकै कुवा तथा पोखरीको सहायतामा पानीको जोहो गर्थे । बागलुङ बजार सडक सञ्जालसँग जोडिएपछि उपल्लाचौरमा सहरीकरण हुन थाल्यो । कोदो फल्ने बारीमा ठूलाठूला घर बने । एउटै घरमा चार–पाँच परिवार अटेका छन् । केही साना उद्योग पनि छन् । तर अहिले उपल्लाचौर, कुँडुलेलगायत आसपासका गाउँ काकाकुल छन् ।

मानवबस्ती कम हुँदा पानीका स्रोतले पुगेपछि नजिकैका मुहान नखोजेको बागलुङ नगरपालिकाले अहिले आफ्नो सीमा क्षेत्रका मुहानमा चासो देखाएको छ । तर उपल्लाचौर, कुँडुलेलगायतका गाउँमा ल्याउन सकिने बागलुङ नगरपालिकाकै वडा नं ५ का दर्जन बढी पानीका मुहान भने म्याग्दीवासीले प्रयोग गरिरहेका छन् ।

मालिका आसपासका दर्जन बढी मुहानबाट प्रतिसेकेन्ड ५० लिटरभन्दा धेरै पानी छिमेकी म्याग्दीमा पुगेको छ । आफ्नै नगरका मुहानको पानीले बेनी नगरपालिका–१ रत्नेचौर हराभरा हुँदा सिमाना जोडिएको कुँडुलेले पानीको चरम अभाव खेपिरहेको छ । खानेपानी अभाव भएपछि आफ्नो क्षेत्रका मुहान खोजी गरे पनि योजना बनाएर पानी ल्याउन नगरलाई सकस छ । विसं २०५८ मा बागलुङ–५ मालिकाको कमेरे खानेपानी मुहान मूलको पानी बागलुङ–५ र ४ का उपभोक्तालाई वितरण गर्ने उद्देश्यले आयोजना निर्माण भएको थियो ।

आयोजना अघि बढाउन रकमसमेत विनियोजन भयो । तर मुहान विवादका कारण न योजना अघि बढ्न सक्यो न खानेपानीको अभाव खेपिरहेका उपभोक्ताले पानी पाए । रत्नेचौरका स्थानीयवासीले कमेरेपानी नजिकै रहेको ठूलोखोला र बागलुङमा रहेका करिब एक दर्जन मूल आफ्ना बनाएका छन् । सरकारी निकायमा दर्ता कहीँकतै नभएको भए पनि पाइप बिछ्याएर पानी रत्नेचौर पुगेको छ ।

वर्षौँदेखि विवाद हुँदै आएको कमेरे खानेपानी मुहानबाट बगेको पानी म्याग्दी रत्नेचौरका स्थानीयवासीले सिँचाइका लागि प्रयोग गरेको बागलुङ–४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्री बताउनुहुन्छ ।

“एक–दुई हजार जनसङ्ख्यालाई एउटै मुहानको पानी फालाफाल हुन्छ, यहाँ त ६२ एमएमदेखि छ इन्चको पाइपसम्ममा ११ मूलको पानी लगिएको छ”, क्षेत्री भन्नुहुन्छ, “हामीले प्यास मेटाउन प्रतिसेकेन्ड तीन लिटर पानी लैजान्छौँ भन्दा आफ्नै जमिनको पानी पाएनौँ ।” कमेरे खानेपानी मुहानमा विवाद हुँदा बागलुङका १२ सय घरधुरीले समस्या झेलेका छन् ।

बागलुङ–५ बान्द्रे र वडा नं ४ कुँडुले फेदीका उपभोक्तालाई खानेपानी उपलब्ध गराउने योजना पर्दासमेत रत्नेचौरवासीले अवरोध गर्दै आएका छन् । बान्द्रे, कुँडुले फेदी, छाप, दाह्रेगौँडा, रमेटार, उपल्लाचौर, डुङढुङ्गा बस्तीमा खानेपानी ल्याउने योजना भए पनि अवरोधका कारण योजना अघि बढ्न नसकेको वडाध्यक्ष क्षेत्री बताउनुहुन्छ ।

कमेरे मूलको पानी बागलुङ–४ मा ल्याउन पहल सुरु भई विसं २०५८ मा मूल दर्ता भएको थियो । वडाध्यक्ष क्षेत्रीले भन्नुभयोे, “सो समयमा बागलुङका उपभोक्ताले बिछ्याएका खानेपानीका पाइप, पाइप जडान गर्ने मेसिनलगायतका उपकरण म्याग्दीको रत्नेचौरका स्थानीयवासीले लुटेर लगे । तत्कालीन उपभोक्ता समितिले प्रशासन र प्रहरीमा उजुरी दिएका पनि हुन् । सशस्त्र द्वन्द्व तथा सङ्कटकालले पानीको काम अघि बढ्न सकेन । अहिले काम सुरु गर्दा रत्नेचौरवासीले विरोध गर्नु दु:खद् कुरा हो ।”

उहाँका अनुसार बागलुङ नगरपालिकामा रहेका मूल म्याग्दीले दर्ताबिनै लगेको र करिब रु दुई लाख खर्च गरेर हाल निर्माण गरेको कमेरे मूलमा निर्माणाधीन खानेपानी ट्याङ्कीको संरचना तोडफोड भएको छ । उहाँले अझै पनि सहमतिको बाटो खोजेको, आधा–आधा पानी लैजाने र पुरानै प्रवृत्ति नदेखाउन आग्रह गर्नुभयो ।

पानीकै विषयमा बागलुङ र म्याग्दीका सुरक्षा प्रमुख तथा जनप्रतिनिधिबीच सहमतिको प्रयास भएको थियो । खानेपानी समस्या समाधान गर्न भन्दै दुई जिल्लाका उच्चपदस्थ अधिकारीको गत फागुन १७ मा बागलुङ बजारमा बसेको बैठकले मुहानको पानीको प्राविधिक जाँचमा प्रतिसेकेन्ड सात लिटर पानी रहेकामा प्रतिसेकेन्ड चार लिटर म्याग्दीको रत्नेचौरले प्रयोग गर्ने र बाँकी तीन लिटर बागलुङले प्रयोग गर्ने, हिउँदका चार महिना ९ फागुनदेखि जेठसम्म मुहानको कुल पानीको ५८ प्रतिशत रत्नेचौर र ४२ प्रतिशत बागलुङले उपयोग गर्ने गरी सहमति भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । मौखिक सहमतिलाई अहिले रत्नेचौरका बासिन्दाले नमानेका कारण पुन: विवाद भएको श्रेष्ठले बताउनुभयो ।

उहाँले जनताको बीचमा लडाइँ–झगडाभन्दा पनि सबै नेतृत्व तहकाले यसको सहमतिको बाटो खोज्नुपर्ने बताउनुभयो । नगरपालिकाले उक्त योजना सम्पन्न गर्नका निम्ति रु ५० लाख बजेट विनियोजन गरेको छ । कमेरे मुहानको पानी अपुग भएमा आसपासलगायत खोलाको पानीसमेत मिसाएर बाँडफाँट गरिने गरी सहमति भएको र दुवै क्षेत्रका उपभोक्तालाई जानकारी गराउने सहमति भएको भए पनि रत्नेचौरका केही स्थानीयवासीले जनप्रतिनिधिलाई समेत दबाबमा राखेपछि सहमति कार्यान्वयन हुनसकेको छैन ।

रत्नेचौरका स्थानीयवासीले प्रयोग गर्दै आएको खानेपानीका विषयमा सहमति गरेर निकास निकाल्नुपर्ने म्याग्दीको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापालले बताउनुभयो । स्थलगत अध्ययनका लागि गएका जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले दुई गाउँबीच सहमति गरेर खानेपानी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । अहिलेसम्म बागलुङले जबर्जस्ती नगरेको भन्दै थापाले अधिकांश मुहान बागलुङकै भू–भागमा रहेकाले पनि म्याग्दीले व्यावहारिकता बुझ्ने बताउनुभयो । रासस