२७ भाद्र २०८३, शनिबार
,
Latest
हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईले नेपाललाई जितको लागि ३११ रनको लक्ष्य दियो



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले नेपाललाई जितको लागि ३११ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनायो । युएईका लागि आसिफ खानले शतक बनाए । उनले ४१ बलमा १०० रन पूरा गरे । यो सँगै आसिफ ओडिआईमा सर्वाधिक कम बलमा शतक प्रहार गर्ने चौथो खेलाडि बने । उनी १०१ रनमा अविजित रहे ।

यस्तै, युएईका कप्तान मोहम्मद वासिम, वृत्य अरविन्दले पनि अर्धसतक प्रहार गरे । अरविन्द १३८ बलमा ९४ रन बनाएर आउट भए भने वासिम ४९ बलमा ६३ रन बनाएर आउट भए । रोहन मुस्तफा २० रन बनाएर आउट भए ।

नेपालको लागि दिपेन्द्र सिङ ऐरीले २ विकेट लिए भने सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कामीले एक एक विकेट लिएका छन् ।