११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

देउडाबाट चम्किएका ‘अछामी बड्डो’

देउडाबाट चम्किएका ‘अछामी बड्डो’
अ अ+ अ-

महेन्द्रनगर । उहाँ देउडा गायनका क्षेत्रमा झण्डै अढाई दशकदेखि लागिपर्नुभएको छ । पछिल्ला केही वर्षमा भने निकै चर्चामा हुनुहुन्छ । देउडा गीत मार्फत सबैको मनमा बस्न सफल हुनुभएको छ, लालबहादुर धामी आर्थात् ‘अछामी बड्डो’ । पछिल्लो समय धामीलाई मेला/महोत्सवमा पुग्न भ्याइनभ्याइ छ ।

सुरुआतमा ‘लालबहादुर धामी’कै रुपमा उहाँले आफूलाई देउडा गायनमा समिर्पित गर्नुभएको थियो । आठ वर्षयता भने ‘अछामी बड्डा’का रुपमा धामी परिचित हुनुहुन्छ । उहाँको ब्यस्तता बढ्दै गएको छ । सुदूरपश्चिममा लाग्ने मेला र महोत्सवमा धामीको माग धेरै छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का धामीले चार महिनामा सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी ७० मेला तथा महोत्सवमा आफ्नो प्रस्तुति दिनुभयो ।

बजारमा ल्याएको ‘यो अछामी बड्डो’ बोलको देउडा गीतले धामीको चर्चा चुलिएको हो । देउडा गायनमा उहाँ सदाबहारको सूचीमा रहन सफल हुनुभएको छ । ‘अछामी बड्डो’ यूटुब, टिकटक लगायत सामाजिक सञ्जालमा पनि सो गीत अत्यधिकले मन पराएका छन् ।

“विसं २०५५ देखि जन्मभूमि अछामबाट देउडा गुनगुनाउन थालेको हुँ”, गायक धामीले भन्नुभयो–“विसं २०७२ मा अछामी बड्डोका रुपमा देउडाका पारखीमाझँ परिचित हुने अवसर मिल्यो ।” उहाँले तीन सयको हाराहारीमा देउडा गीत बजारमा ल्याइसक्नुभएको छ । धामीले पछिल्लो समय ५० भन्दा बढी गीत आफ्नै लगानीमा बजारमा ल्याउनुभएको छ । ‘यो अछामी बड्डो’ देउडा गीतले सुदूरपश्चिम, कर्णाली मात्र होइन अरु ठाउँमा पनि चर्चामा छ ।

गायक धामीले भन्नुभयो–“भारतको मुम्बइदेखि कर्णालीका बस्तीसम्म देउडा गीत गाउन बोलाउने धेरै छन् ।” आठ बर्षअघि महेन्द्रनगरको स्थानीय रेडियोमा ‘भुटनभाटन’ हाँस्यव्यङ्ग्य कार्यक्रम प्रस्तोताका रुपमा धामी सुदूरपश्चिमका युवा पुस्तालाई देउडाप्रति आकर्षित गर्न अघि सफल हुनुभएको हो ।

“स्टेजबाट देउडा गाउन थालेपछि हेर्न आउने युवा दर्शक पनि लामबद्ध भएर पाइलामा पाइला मिलाएर नाच्दा मन आनन्दित हुन्छ ।” उहाँले भन्नुभयो–“ देउडा गाउनुसँगै युवा पुस्तालाई पनि हस्तान्तरण गरी जुगसम्म जोगाउनु आजको आवश्यकता हो ।” पछिल्लो समय भाइरल हुनकै लागि गीत सङ्गीतमा लालायित हुनेहुनेबीच देउडामा पाइला मिलाउने पङ्क्ति सुदूरपश्चिममा बढिरहेको उहाँको भनाइ छ ।

“कलाकार मात्रै भएर हुँदैन्, सबै सरोकारवाला निकायले देउडा जोगाउन हातेमालो गर्नु आवश्यक छ ।” धामीले भन्नुभयो–“देउडा गीतलाई बजारमा चर्चा बटुल्नकै लागि प्रस्तुत गर्नु हुँदैन, यसतर्फ देउडा गायक तथा कलाकार सचेत हुन जरुरी छ ।” देउडा सुदूरपश्चिमको पहिचान भएको उहाँको भनाइ छ । कलाकारितामा आवद्ध हुनेको आर्थिक अवस्था भने नाजुक रहेको धामी बताउनुहुन्छ ।

“कलाकार बिरामी भयो भने आर्थिक अवस्थाकै कारण उपचार नपाउने अवस्था छ, त्यसैले कलाकार अक्षयकोष स्थापना गरेँ”, कञ्चनपुर लोक दोहोरी गित प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका धामीले भन्नुभयो–“बिरामी हुँदा उपचार नपाउनेस्थिति नआओस भनेर कोष स्थापना गरी रकम जम्मा गर्न थालेका छौँं ।” धामीले केही दिनअघि आफूले मेला–महोत्सवमा पाउने पारिश्रमिकको तीन प्रतिशत रकम अक्षयकोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

“आयोजकले सुदूरपश्चिमका मेला महोत्सवमा देउडा गाउन अनिवार्य बोलाउने गरेका छन्”, धामीले भन्नुभयो–“तराई/पहाडमा देउडाको क्रेज बढ्दो छ ।” धामीले गाउनुभएका ‘डोटीकी छोर्याट्टी’, ‘बड्डो आयो डिजेमा’, ‘ओ मेरा मुसुरकी दाल’, ‘कैले तु छाउ हुदी’लगायत देउडा गीत निकै चर्चित छन् ।

“पहिले अडियो गीत मात्रै भए पनि चल्थ्यो, अहिले अडियोसँगै श्रव्यदृश्य पनि अनिर्वाय जस्तै बनिसक्यो”, उहाँ भन्नुहुन्छ । धामीलाई पछिल्लो समय लालबहादुर भन्दा पनि ‘अछामी बड्डो’को नामले बढी चिन्ने गर्छन् । उहाँले अझै पनि सुदूरपश्चिमका कलाकारले गीत रेकर्डिङका लागि काठमाडौँ धाउनुपर्ने अवस्था कायमै रहेको बताउनुभयो । “धनगढी र महेन्द्रनगरमा गीत रेकर्ड नहुँने होइन, तर स्तरीय रेकर्डीङका लागि काठमाडौँ नै धाउनुपर्ने अवस्था छ”, देउडा गायक धामीले भन्नुभयो । रासस