७ मंसिर २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाहबाट हजार बुद्ध मुर्तिमा पूजाअर्चना- फोटो फिचर बालेनको एक्सन: एमालेलाई एक लाख रुपैयाँ जरिवाना भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन एमालेको जागरणसभामा जे देखियो… पुटिनले पश्चिमा मुलुकलाई दिएको चेतावनीबाट नडराउने स्वीडेनको भनाइ खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्: मन्त्री यादव दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसिफको शतकमा पीएनजीलाई २ सय ९८ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पीएनजीलाई २ सय ९८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । नेपालले एकदिवसीय अन्तराष्ट्रिय खेलमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । गत वर्ष नेपालले पीएनजीविरुद्ध नै सर्वाधिक २ सय ७८ रन बनाएको थियो ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा २ सय ९७ रनमा अल आउट भयो । नेपालको लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेले । आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हो ।

ओपनर कुशल भुर्तेल ५६ बलमा ६ चौकासहित ४५ रनमा क्याच आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १८.४ ओभरमा १ सय १० रनको शतकीय साझेदारीका साथ सानदार सुरुवात दिलाएका थिए ।

यस्तै, भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाए । करण केसीले ८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए ।

पीएनजीको तर्फबाट बलिङ गरेका सिमो कमाय ५ तथा राईली हेरुकेले ३ विकेट लिए ।