११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पानीको भरपर्दो स्रोत खोज्दै टौदह

पानीको भरपर्दो स्रोत खोज्दै टौदह
अ अ+ अ-

कीर्तिपुर । साइबेरियादेखि आएका पर्यटक चरा फर्किन थालेका छन् । यी चराहरु वैशाखसम्ममा फर्किसक्छन् । त्यतिबेलैदेखि टौदहको पिरलो पनि सुरु हुन्छ ।

बर्खा लाग्नु अघिसम्म पानी घट्दै जान्छ र माछालगायत पानीमा आश्रित जलचर अक्सिजनको अभावमा मर्न थाल्छन् । पानी कम हुन थालेपछि दहको आकर्षण पनि कम हुँदै जान्छ ।

“पानीको स्थायी मुहान वा स्रोत नहुनु टौदहको सबैभन्दा ठूलो चुनौती हो”, टौ दह संरक्षणमा लागि परेका रामप्रसाद आचार्य भन्नुहुन्छ, “बर्खामा वरपरका जमिनबाट रसाएर पुग्ने पानीबाटै टौदह भरिने गर्छ । त्यसकारण यसमा पानीको सतह बर्खामा बढ्ने र हिउँदमा घट्छ ।”

हाल पानी भरिएको र आसपासको डिल क्षेत्र झण्डै ९२ रोपनीको छ । तर कुनै बेला पानीले ढाकेका स्थानमात्रै एक सय १२ रोपनी थियो । जसको प्रमाण अहिले पनि वरपरका खेतमा भेटिने तालको सीमाका पिलर अझै भेटिने गरेको उहाँको भनाइ छ ।

बर्खा र हिउँदको यही चक्रबीच बागमतीको पश्चिमी किनारामा रहेको टौदहलाई अहिले कीर्तिपुर नगरपालिकाको वडा–६ अन्तर्गतपर्ने भू–भागबाट बगेका पानीले भरिदिन्थ्यो । हिउँद र सुख्खायाममा सतह घटदै जान्थ्यो र अर्को वर्षामा फेरि उसै गरी सतह बढने क्रम हुन्थ्यो । करिब दुई दशकयता टौदहमा पानी प्रवाह गर्ने जमिनमाथि कङ्क्रिट रचना थपिँदैछन् । जसले स्वाभाविक रुपमा टौदहमा जमिन रिचार्ज भएर पुग्ने पानीलाई कम गराउँदैछन् ।

कीर्तिपुुर नगरपालिकाकै धनी वडा मानिने त्यस क्षेत्रमा प्राकृतिक मुहान मानवबस्तीमा खाने पानी पुर्‍याउनकै लागि ठिक्क बन्दैछन् । अनि नजिकैको खहरे खोला जस्ता स्रोतका पानीमा प्रदूषण बढदै जाँदा टौदहमा हुल्न नमिल्ने बन्दैछन् ।

“खहरे खोलाबाट पानी ल्याउन पनि मुहान आसपासका उद्योगका दूषित पानी मिसिएका कारण जोखिम छ । विगतमा जस्तो वर्षामा परेको पानी सतहको जमिनबाट सोझै दहमा जाओस् भन्न पनि सकिन्न”, आचार्य भन्नुहुन्छ, “घनाहुँदै गरेको बस्तीबीचबाट बग्ने वर्षे पानी प्रदूषित हुने सोझै दहमा पढाउँदा दह आश्रित् माछालगायतका जलचर र चराचुरुङ्गी लगायतका प्राणीलाई असर पुग्नसक्छ ।” कुनै पनि कारणले दहको पर्यावरण खलबलीएमा टौदहको अस्तित्व नै खतरामा पर्ने उहाँको चिन्ता छ ।

टौदहमा पानीको कुनै स्थायी स्रोत विगतमा थियो कि रु वा अहिले पनि भूमिगत रुपमा त्यस्तो स्रोत छ कि भन्ने अनुमानका आधारमा अध्ययन नभएको होइन । तर कतैबाट त्यस्तो सङ्केत पाइएको छैन । त्यसो भए कहाँबाट पानी आएर टौदह बन्न पुग्यो होला रु

किंबदन्ती अनुसार भगवान कृष्णले दहका रुपमा काठमाडौँ उपत्यकाको पानी कटुवाल दह नजिकैको पर्वत काटेर बगाउन थालेपछि त्यहाँ रहेका नाग पनि पानीसँगै बगेर जान थाले । त्यसपछि कृष्णले ती नागहरुलाई आश्रय दिन टौदह सृष्टी गरेका हुन् ।

त्यसका लागि भीमसेनले एक कोदालो खनेर टौदह बनाएको र त्यसको माटो नजिकैको डाँडामापरिणत भएको कथन त्यहाँ छ । भूगोलका शिक्षकसमेत रहनुभएका आचार्य टौदह अहिले केही मिटर पूर्वबाट बग्ने बागमतीले बनाएको एउट अक्स बो लेक ९गो खुर ताल० हुनसक्ने बताउनुहुन्छ ।

नदी बाङ्गो गरी बग्दै जाँदा कुनै स्थानमा गोलाकार बग्ने र पछि त्यो ठाउँ छोडेर सोझै बग्दा पहिले बगेको स्थानमा बाँकी रहेको पानीबाट बनेको ताललाई ‘अक्सबो लेक’ भनिन्छ । यस्तो ताल ‘रिचार्ज’ हुने एक मात्र आधार वर्षे पानी नै हो । त्यही कारण टौदहको क्षेत्रफल पनि सधैँभरी एक नाशको छैन । यसरी पानी घटबढ हुँदाको असर टौदहका माछालाई परिरहन्छ । पानी कम भएको बेला अक्सिजन नपुगेर कैयौँ माछा मरेका छन् । गत वर्षमात्रै टौदह संरक्षण समितिले तीन टन जति मरेका माछा टौदहबाट निकालेर पुरिएको थियो ।

माछा मार्न प्रतिबन्धित हुनु र बौद्धधर्माबलम्बीले माछाको भुरा अनगिन्ती सङ्ख्यामा ल्याएर छोडिरहँदा दहले नै थाप्न नसक्ने गरी माछा बढेका थिए । एउटै माछा नौ किलोसम्मको फेला परेका आचार्य बताउँनुहुन्छ । असिमित रुपमा भुरा छोडिने र टौदह घुम्न आउने आगन्तुकले माछाको आहाराको रुपमा भटमासको मस्यौरा खुवाउन थालेका कारण माछाको सङ्ख्या बढेको आधारमा समितिले अहिले भुरा छोड्न र मटमासको मस्यौरा बेच्न पनि बन्देज लगाएको छ ।

त्यति गर्दा मात्रै पनि दहको संरक्षण नहुने सरोकारवाला पर्यावरणविद् जैलव राईको भनाइ छ । टौदहलाई पुरानै तरिकाबाट रिचार्ज गर्ने अवस्था सिर्जना गर्न नसके पनि जैविकविविधता संरक्षण हुने गरी कदम चाल्नुपर्ने उहाँको सुझाव छ ।

कीर्तिपुर नगरपालिका(६ का अध्यक्ष पृथ्वीमानसिंह बस्नेत अघिल्ला वर्षमा जस्तो टौदहले ठूलो दु:ख नदिएकाले यस वर्षको सुुख्खामा पानीको कमी नहुने उहाँ बताउनुहुन्छ । रासस