५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालद्वारा नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार निधन हुनुभएका नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर प्रधानमन्त्री दाहालले नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

शनिबार काठमाडौँको शङ्खमूलस्थित एक रेष्टुरेन्टबाट खसेर नेता उपाध्यायको निधन भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भाइ हुनुहुन्छ । प्रधानमन्त्री दाहालले अध्यक्ष नेपाल र उहाँको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो ।

दिवङ्गत नेता उपाध्यायको अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पार्टी कार्यालयमा राखिएको थियो । एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताले पनि दिवङ्गत नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।