२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा तनहुँद्वारा आयोजित चार दिने कम्युनिटी कोचिङ कोर्स सम्पन्न



अ+ अ-

तनहुँ । अखिल नेपाल फुटबल संघ (एन्फा) तनहुँद्वारा आयोजित चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्स सम्पन्न भएको छ । १८ गते देखि शुरू भएको कोचिङ कोर्स आज आईतबार समापन भएको हो ।

जिल्लाको भिमादस्थित जनज्योति क्याम्पसमा आयोजित समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेशसभा सदस्य जीत प्रकाश आलेले प्रशिक्षित खेलाडीहरूलाई प्रशिक्षणको क्रममा लिएको शिप र अभ्यासहरुलाई दैनिक जिवनमा लागु गर्न सुझाव दिए ।

नेपालमा खेलकुद क्षेत्रमा सम्भावना विकास भईरहेकाले खेलाडीहरूलाई निराश नहुन आलेले आग्रह समेत गरे ।

एन्फा नेपालका पूर्व केन्द्रीय सदस्य रत्न कुमार श्रेष्ठ , एन्फाका हेड अफ कोच एजुकेशन सञ्चित सिंह, भिमाद नगरपालिका वडा नं ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशी, नेपाली काङ्ग्रेस भिमाद नगरपालिकाका सभापति अरविन श्रेष्ठ लगायतले प्रशिक्षित खेलाडीहरूलाई व्यवसायिक बनेर खेलकुद साथै फुटबल क्षेत्रप्रति लागि पर्नुपर्ने सुझाव दिए ।

प्रशिक्षण कार्यक्रममा तनहुँ , गोर्खा, स्याङ्जा र नवलपुर गरी ३० जना प्रशिक्षार्थीहरुले प्रशिक्षण लिएका छन् । प्रशिक्षार्थीहरुलाई हेड अफ कोच एजुकेशन सञ्जित सिंह, प्रदेश ३ का प्रशिक्षक चेत नारायण श्रेष्ठले प्रशिक्षण दिएका हुन् ।

यस्तै, सो अवसरमा १७ वर्ष मुनिका राष्ट्रिय खेलाडीहरू लछ्छु थापा, राम थापा साथै २० वर्षका मुनिका राष्ट्रिय पुरुष खेलाडी निरञ्जन मल्ल र महिला खेलाडी बिमला विकलाई कदरपत्र र प्रतिव्यक्ति ५ हजारका दरले सम्मान गरिएको एन्फा तनहुँका अध्यक्ष सत्यभक्त पालिखेले जानकारी दिए ।

साथै एन्फा तनहुँले खेलाडीहरूको खेल कौशल वृद्धि गर्नका लागि आगामी दिनमा अझ उत्कृष्ट क्रियाकलाप गर्दै जाने पालिखेले प्रतिवद्धता जनाए ।