• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो, को अगाडि ? ★   न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार ★   प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन ★   बझाङ-१ मा एमालेको अग्रता कायमै ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ ★   खेलाडीले प्रेसर अझै राम्रोसँग म्यानेज गर्नसक्थेँ– प्रशिक्षक मोन्टी ★   सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा ★   नेपालमा लगानीका लागि धेरै सम्भावना छन्: मन्त्री चौधरी ★   इलाम अपडेटः कांग्रेसको अग्रता कायमै, कसको मत कति ?

नइका तीन कृति लोकार्पण



काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति श्री वैरागी काइँलाले वाङ्मय शताब्दी पुरुष डा।सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’ नामक निबन्ध कृतिको लोकार्पण गर्नुभयो ।

उक्त कृतिका सम्पादक रहनु भएका जोशीका जेठा छोरा अणुराज जोशीले ‘नइ र मेरो शताब्दी’ नामक कृति आफ्ना बुबाको अन्तिम रचना भएको बताउनु भयो ।

वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा काइँलाले प्रा।डा।वीणा पौड्यालबाट सम्पादित ‘नरेन्द्रराज प्रसाईको अन्वेषणमा ललितत्रिपुरसुन्दरी’ नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईबाट लिखित ‘मोदनाथ प्रश्रित स् भुइँदेखि शिखरसम्म’ नामक जीवनी ग्रन्थको पनि लोकार्पण गर्नुभयो । यी तीन वटै कृति नइ प्रकाशनद्वारा प्रकाशित भएका हुन् ।

वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा डा।मोदनाथ प्रश्रित, प्रा.डा. वीणा पौड्याल, अणुराज जोशी, वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरी र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रस्तुत भएको थियो ।

वानीरा फाउन्डेसनका कार्यक्रम संयोजक भगवती बस्नेतद्वारा सञ्चालित उक्त समारोह वानीरा फाउन्डेसन भवनमा सम्पन्न भएको थियो । नेपाली साहित्यको इतिहासमा जनस्तरबाट स्थापना भएको स्रष्टाको सङ्ग्रहालय वानीरा फाउन्डेसन नै पहिलो मानिन्छ ।

वैरागी काइँलाबाट फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा।वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम आरम्भ भएको वानीरा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।