६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीलाई हचुवामा ब्रान्ड



अ+ अ-

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले हचुवाको भरमा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम ९प्रोबेसन० ब्रान्ड दिएको खुलेको छ। सुरुमा सहकारी विभागसहित संयुक्त रूपमा दिँदै आएको प्रोबेसन ब्रान्डबाट विभाग पछि हटिसकेको छ। 

दाङको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको ५ करोड २७ लाख रकम हिनामिनाको समाचार बाहिरिएसँगै नेफ्स्कुनको लेखापरीक्षणमाथि प्रश्न चिह्न खडा भएको छ। नेफ्स्कुनले प्रोबेसन ब्रान्डका लागि तीन÷तीन महिनामा नियमन गरी लेखापरीक्षण गर्छ। तर महाप्रभुको समस्या बाहिरिएसँगै नेफ्स्कुनले दिँदै आएको ब्रान्ड हचुवाको भरमा रहेको खुलेको हो। 

प्रोबेसन ब्रान्ड प्राप्त गर्न सहकारी लालायित हुन्छन्। कतिपय सहकारीले ब्रान्डका लागि धेरै प्रयत्न गर्दा पनि नेफ्स्कुनले अपनाउँदै आएको मापदण्ड पूरा गर्न नसकी ब्रान्ड प्राप्त गर्नबाट वञ्चित हुन्छन्। प्रोबेसनमा जाने सहकारीलाई नेफ्स्कुनले कारोबारका आधारमा ५० हजारभन्दा माथि शुल्क लिन्छ। कतिपय सहकारी ब्रान्डका लागि पैसा खर्च गर्न पनि उत्साहित हुन्छन्। 

महाप्रभु सहकारी गत पुस २७ गते अन्य तीन सहकारीसँग मर्ज भई देउखुरी बचत तथा ऋण सहकारी बनेको थियो। नेफ्स्कुनकै पदाधिकारीको उपस्थितिमा तामझामका साथ एकीकरण हुनुका साथै नेफ्स्कुनमै कार्यरत सीएसमेतले लेखापरीक्षण गरेको सहकारीमा समस्या देखिँदा प्रोबेसन ब्रान्डसमेत विवादित बन्दै गएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।