७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा

समाचारको प्रमुख स्रोतको रुपमा राससको भूमिका अझै सुदृढ हुँदै जाओस्– राष्ट्रपति भण्डारी

समाचारको प्रमुख स्रोतको रुपमा राससको भूमिका अझै सुदृढ हुँदै जाओस्– राष्ट्रपति भण्डारी
अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तथ्यमा आधारित समाचार र विश्लेषणहरू आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँदै विश्वसनीय समाचारको प्रमुख स्रोतको रूपमा राष्ट्रिय समाचार समिति (रासस)को भूमिका अझै सुदृढ हुँदै जाने अपेक्षा व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)को ६२औँ वार्षिकोत्सवका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपतिले राष्ट्रको आधिकारिक समाचार संस्थाका रूपमा स्थापित राससले लोकतान्त्रिक प्रतिस्पर्धाको युगमा सोहीअनुरुप आफूलाई क्रियाशील राखेको पाउँदा आफूलाई खुसी लागेको बताउनुभएको छ ।

शुभकामना सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, “सूचना प्रविधिको नवीनतम् विकास र प्रयोगबाट आमसञ्चार क्षेत्र प्रशस्त लाभान्वित भएको छ । समाजका हरेक तहसम्म सञ्चारमाध्यमको पहुँच विस्तार भएको छ, जसबाट स्वदेश र विदेशका खबरहरू क्षणभरमै हरेक नागरिकले प्राप्त गर्ने र सुसूचित हुने अवस्था सिर्जना भएको छ ।”

प्रविधिको विकासले सकारात्मक परिवर्तन ल्याएसँगै यसको अर्को पक्षकारूपमा भ्रामक सूचना र समाचारको ठूलो चुनौती थपिएको राष्ट्रपतिको भनाइ छ । सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार आमजनतालाई शीघ्र प्रवाह गरी सुसूचित गराउने कार्यमा राससको दायित्व र भूमिका अझ बढ्न गएको राष्ट्रिपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

“आफ्नो प्रभावकारिता र पहुँच विस्तार गर्न राससले छापा माध्यमका समाचारका अतिरिक्त श्रव्य/दृश्य सामग्रीको उत्पादन र वितरणमा समेत जोड दिनु बाञ्छनीय हुन्छ”, सन्देशमा राष्ट्रपति भण्डारीले अगाडि भन्नुभएको छ, “आधिकारिक र तथ्यपूर्ण सूचना एवं सञ्चारका क्षेत्रमा राज्यले गरेको लगानीलाई नागरिक हितका लागि उपयोग गर्नु राससको प्रमुख दायित्व हो भन्ने मलाई लाग्दछ ।”

लोकतन्त्रको सुदृढीकरण, दिगो विकास, समावेशी समाज र आर्थिक समृद्धिका पक्षमा कुशल सञ्चारमार्फत राससले अझ योगदान गर्दै जाने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले राससको ६२औँ वार्षिकोत्सवका अवसरमा कार्यरत पत्रकार, कर्मचारी, व्यवस्थापन एवं सेवाग्राहीमा शुभकामना व्यक्त गर्दै आफूलाई अझ अब्बल र नेतृत्वदायी सञ्चारमाध्यम बनाउन सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । रासस