७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नागरिक समाजका अगुवाहरुका बिरुद्धमा अनेरास्ववियु लाग्नुपर्छः महासचिव पोखरेल

नागरिक समाजका अगुवाहरुका बिरुद्धमा अनेरास्ववियु लाग्नुपर्छः महासचिव पोखरेल
फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नागरिक समाजका अगुवाहरुका बिरुद्धमा अनेरास्ववियु लाग्नुपर्ने बताउनुभएको छ ।

मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा (एमाले) को नेतृत्वमा सरकार हुँदा नागरिक समाजको नाममा सडकमा आन्दोलन हुने गरेको बताउनु भयो । उहाँले बुर्जुवाहरुले सरकारमा बसेर जतिसुकै बर्बादीको काम गरेपनि नागरिक समाज सडकमा नआउने तर एमालेले जनताको हीतको पक्षमा काम गर्दापनि सडकमा आउने गरको भन्दै आपत्ति जनाउनु भयो ।

नागरिक समाजको अगुवाहरु यथास्थितिवादको पक्षमा रहेको उल्लेख गर्दै उहाँले उनीहरुले समाज विकासलाई रोक्न भुमिका खेलेको बताउनु भयो । महासचिव पोखरेलले एमालेका बिरुद्ध सडकमा आउने नागरिक समाजकै बिरुद्ध अनेरास्ववियु वैचारिक र राजनीतिक रुपमा खडा हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो मुलुकमा एउटा बिडम्बनापूर्ण अवस्था छ । त्यसमा अनेरास्ववियु कतै पछाडी प¥यो कि ? जतिबेला मुलुकको बुर्जुवाहरु शासनमा हुने गर्छन् । यो समाजका कथित नागरिक समाजका अगुवाहरु सडकमा देखिने गर्दैनन् । बुर्जुवाहरुले जतिसुकै राष्ट्रलाई बर्बाद पारेपनि उनीहरु सडकमा आउने गर्दैनन् । तर जतिबेला देश र जनताको हीतको पक्षमा, परिवर्तनका हीतका पक्षमा, काम गर्ने पार्टीका रुपमा नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्नेगर्छ कथित नागरिक समाज सडकमा तमासा देखाउन आइपुग्छ । त्यतिबेला अनेरास्ववियु सडकमा देखिनुपर्ने हो देखिने गरेको छैन ।

अबको अनेरास्ववियु यथास्थितिवादको पक्षमा रहेका यसप्रकारका नागरिक समाजका अगुवाहरु, जसले समाजको परिवर्तन र विकासलाई रोक्नकालागि भुमिका निर्वाह गर्ने गर्छन् । त्यसका बिरुद्ध वैचारिक र राजनीतिक रुपमा खडा हुन सक्ने अनेरास्ववियु आजको आवश्यकता हो भन्ने कुरालाई तपाई हामी सबैले बुझ्नु जरुरी छ ।’

महासचिव पोखरेलले समाजमा धार्मिक अतिवाद र धर्मान्तरको नाममा आक्रमण भइरहेको भन्दै नेपाली सांस्कृतिक मूल्य, मान्यताको जगेर्ना गर्नुपर्ने बताउनु भयो । उहाँले संस्कृति रक्षाको पक्षमा उभिन पनि अनेरास्ववियुका विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । इतिहास र संस्कृतिमाथि आक्रमण भए राष्ट्र कमजोर हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘कुनैपनि राष्ट्रको भविष्य त्यसको इतिहास र त्यसको संस्कृतिको जगमा अडिएको हुन्छ । जब त्यसको इतिहासमाथि, त्यसको सांस्कृतिक मूल्यमाथि आक्रमण हुनेगर्छ । त्यो राष्ट्र कमजोर हुनेगर्छ । आज अनेरास्ववियुका योद्धाहरु हाम्रो समाज, संस्कृति, सांस्कृतिक मूल्य, मान्यताका पक्षमा, त्यसका रक्षाको पक्षमा उभिनसक्ने दस्ताका रुपमा खडा हुनु जरुरी छ । आज हाम्रो समाजमा धार्मिक अतिवादका नाममा, धर्मान्तरका नाममा, नेपाली सांस्कृतिक मूल्यमाथि जुन प्रकारको आक्रमण भइरहेको छ, त्यसका बिरुद्धको योद्धाको रुपमा अबको अखिल आन्दोलन खडा हुनुपर्छ । त्यसले राष्ट्रलाई सुरक्षित गर्ने काम गर्छ भन्ने कुरालाई बुझ्नु जरुरी छ ।’

उहाँले एमालेको नेतृत्वमा देश चलेमा कसैले भविष्यको बारेमा चिन्ता लिनु नपर्ने बताउनु भयो । देशको विकास र समृद्धि एमालेको नेतृत्वबाट मात्रै हुने उहाँले बताउनु भयो ।