२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक समाजका अगुवाहरुका बिरुद्धमा अनेरास्ववियु लाग्नुपर्छः महासचिव पोखरेल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नागरिक समाजका अगुवाहरुका बिरुद्धमा अनेरास्ववियु लाग्नुपर्ने बताउनुभएको छ ।

मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा (एमाले) को नेतृत्वमा सरकार हुँदा नागरिक समाजको नाममा सडकमा आन्दोलन हुने गरेको बताउनु भयो । उहाँले बुर्जुवाहरुले सरकारमा बसेर जतिसुकै बर्बादीको काम गरेपनि नागरिक समाज सडकमा नआउने तर एमालेले जनताको हीतको पक्षमा काम गर्दापनि सडकमा आउने गरको भन्दै आपत्ति जनाउनु भयो ।

नागरिक समाजको अगुवाहरु यथास्थितिवादको पक्षमा रहेको उल्लेख गर्दै उहाँले उनीहरुले समाज विकासलाई रोक्न भुमिका खेलेको बताउनु भयो । महासचिव पोखरेलले एमालेका बिरुद्ध सडकमा आउने नागरिक समाजकै बिरुद्ध अनेरास्ववियु वैचारिक र राजनीतिक रुपमा खडा हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो मुलुकमा एउटा बिडम्बनापूर्ण अवस्था छ । त्यसमा अनेरास्ववियु कतै पछाडी प¥यो कि ? जतिबेला मुलुकको बुर्जुवाहरु शासनमा हुने गर्छन् । यो समाजका कथित नागरिक समाजका अगुवाहरु सडकमा देखिने गर्दैनन् । बुर्जुवाहरुले जतिसुकै राष्ट्रलाई बर्बाद पारेपनि उनीहरु सडकमा आउने गर्दैनन् । तर जतिबेला देश र जनताको हीतको पक्षमा, परिवर्तनका हीतका पक्षमा, काम गर्ने पार्टीका रुपमा नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्नेगर्छ कथित नागरिक समाज सडकमा तमासा देखाउन आइपुग्छ । त्यतिबेला अनेरास्ववियु सडकमा देखिनुपर्ने हो देखिने गरेको छैन ।

अबको अनेरास्ववियु यथास्थितिवादको पक्षमा रहेका यसप्रकारका नागरिक समाजका अगुवाहरु, जसले समाजको परिवर्तन र विकासलाई रोक्नकालागि भुमिका निर्वाह गर्ने गर्छन् । त्यसका बिरुद्ध वैचारिक र राजनीतिक रुपमा खडा हुन सक्ने अनेरास्ववियु आजको आवश्यकता हो भन्ने कुरालाई तपाई हामी सबैले बुझ्नु जरुरी छ ।’

महासचिव पोखरेलले समाजमा धार्मिक अतिवाद र धर्मान्तरको नाममा आक्रमण भइरहेको भन्दै नेपाली सांस्कृतिक मूल्य, मान्यताको जगेर्ना गर्नुपर्ने बताउनु भयो । उहाँले संस्कृति रक्षाको पक्षमा उभिन पनि अनेरास्ववियुका विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । इतिहास र संस्कृतिमाथि आक्रमण भए राष्ट्र कमजोर हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘कुनैपनि राष्ट्रको भविष्य त्यसको इतिहास र त्यसको संस्कृतिको जगमा अडिएको हुन्छ । जब त्यसको इतिहासमाथि, त्यसको सांस्कृतिक मूल्यमाथि आक्रमण हुनेगर्छ । त्यो राष्ट्र कमजोर हुनेगर्छ । आज अनेरास्ववियुका योद्धाहरु हाम्रो समाज, संस्कृति, सांस्कृतिक मूल्य, मान्यताका पक्षमा, त्यसका रक्षाको पक्षमा उभिनसक्ने दस्ताका रुपमा खडा हुनु जरुरी छ । आज हाम्रो समाजमा धार्मिक अतिवादका नाममा, धर्मान्तरका नाममा, नेपाली सांस्कृतिक मूल्यमाथि जुन प्रकारको आक्रमण भइरहेको छ, त्यसका बिरुद्धको योद्धाको रुपमा अबको अखिल आन्दोलन खडा हुनुपर्छ । त्यसले राष्ट्रलाई सुरक्षित गर्ने काम गर्छ भन्ने कुरालाई बुझ्नु जरुरी छ ।’

उहाँले एमालेको नेतृत्वमा देश चलेमा कसैले भविष्यको बारेमा चिन्ता लिनु नपर्ने बताउनु भयो । देशको विकास र समृद्धि एमालेको नेतृत्वबाट मात्रै हुने उहाँले बताउनु भयो ।