१४ श्रावण २०८३, बिहीबार
,
Latest
महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः बार्सिलोनाको संघर्षपूर्ण जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले भिल्लारियललाई १-० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन एकमात्र निर्णायक गोल पेड्रीले गरे । खेलको तेस्रो मिनेटमा नै बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले गोल गर्ने अवसर गुमाए । भिल्लारियलका गोलकिपरसँग वान टु वानको अवस्थामा उनी गोल गर्न चुके । गोलकिपर पेपे रैनाले उनको प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको १८ औं मिनेटमा पेड्रीले गोल गर्दै पाहुना टोली बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । लेवान्डोस्कीले उनलाई पास उपलब्ध गराएका थिए । राफिन्हाले पेड्रीलाई बल दिए । त्यसपछि पेड्रीले लेवान्डोस्कीलाई बल दिँदै आफू अगाडि बढे । लेवान्डोस्कीको वान टच पासमा पेड्रीले गोल गरे ।

जितसँगै शीर्षस्थानको बार्सिलोनाको २१ खेलबाट ५६ अंक छ । एक खेल कम खेलेको रियल मड्रिड ४५ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, पराजित भिल्लारियल २१ खेलबाट ३१ अंकसहित ११ औं स्थानमा छ ।

 




भर्खरै