५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबारे सत्ता साझेदार दलहरूबीच मतभेद छैन– राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भावी राष्ट्रपतिको विषयमा सत्ता गठबन्धन दलहरुमा कुनै असमझदारी नभएको बताउनुभएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरी राजनीतिक संयन्त्रको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले यसअघि भएको सहमतिमा सत्ता साझेदार दलहरुबीच कुनै विमति नरहेको बताउनुभयो । बाहिर आएका कुराहरु भ्रमपूर्ण रहेको उहाँको भनाइ थियो ।

उहाँका अनुसार बैठकमा सरकारका कामकारवाहीको समीक्षा हुनुका साथै गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको छ ।

उहाँले बैठकमा भावी राष्ट्रपतिको निर्वाचनबारे कुनै छलफल नभएको बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा फर्काउने विषयमा भन्नुभयो, “केही प्राविधिक विषयहरु मिलाउनुपर्ने छ, रास्वपा चाँडै सरकारमा आउन सक्छ ।”