२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबारे सत्ता साझेदार दलहरूबीच मतभेद छैन– राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भावी राष्ट्रपतिको विषयमा सत्ता गठबन्धन दलहरुमा कुनै असमझदारी नभएको बताउनुभएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरी राजनीतिक संयन्त्रको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले यसअघि भएको सहमतिमा सत्ता साझेदार दलहरुबीच कुनै विमति नरहेको बताउनुभयो । बाहिर आएका कुराहरु भ्रमपूर्ण रहेको उहाँको भनाइ थियो ।

उहाँका अनुसार बैठकमा सरकारका कामकारवाहीको समीक्षा हुनुका साथै गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको छ ।

उहाँले बैठकमा भावी राष्ट्रपतिको निर्वाचनबारे कुनै छलफल नभएको बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा फर्काउने विषयमा भन्नुभयो, “केही प्राविधिक विषयहरु मिलाउनुपर्ने छ, रास्वपा चाँडै सरकारमा आउन सक्छ ।”




भर्खरै