२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल चिकित्सक संघ बन्द अस्पताल खोल्न सहमत



अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलन फिर्ता लिँदै बन्द अस्पताल खोल्न सहमत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान भएको वार्तामा जारी आन्दोलन फिर्ता लिन संघ सहमत भएको हो । साथै संघ लिएर अस्पताल खोल्न पनि सहमत भएको बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले आन्दोलनको घोषणा गरेको थियो । घोषित आन्दोलनअनुसार संघले आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारेको हो । यसबाट विरामीहरु उपचार पाउन नसेकर अलपत्र परेका छन् ।

विरामी र उनीहरुका आफन्तले आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द भएपछि आक्रोशित हुँदै अस्पताल अगाडि विरोध प्रदर्शन गरेका थिए ।