२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डसँग आर्सनलको बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदान इमिरेट्समा खेलको ६६ औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७४ औं मिनेटमा इभान टोनीले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र लिग लिडर आर्सनलले अंक बाँड्न बाध्य भयो ।

शीर्षस्थानको आर्सनलको २१ खेलबाट ५१ अंक छ । २२ खेलबाट ३४ अंकसहित ब्रेन्टफोर्ड आठौं स्थानमा छ ।