२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा मिश्रित भलिबलको फाइनलमा पिरुङ र भिमाद-७ भिड्दै



अ+ अ-

तनहुँ । तनहुँको भिमादमा जारी वडा मिश्रित भलिबलको उपाधिका लागि पिरुङ स्पोर्ट क्लब र भिमाद-७ बीच प्रतिस्पर्धा हुने भएको छ ।

भिमाद रंगशालामा शनिबार भएको सेमिफाइनल अन्तर्गत पहिलो खेलमा भिमाद-७ ले भिमाद-२ लाई हराउँदै फाइनलमा स्थान बनाएको हो भने पिरुङले वौदीकाली गाउँपालिका-२ लाई पराजित गर्दै भिमाद-७ सँगको भेट पक्का गरेको हो ।

फाइनल खेल आइतबार बिहान ८ः३० बजे सुरु हुने खेल संयोजक उज्वल खनालले जानकारी दिए ।

माघ १९ गतेदेखि भिमादमा जारी तेस्रो महोत्सवको प्रमुख आकर्षण बनेको वडा मिश्रित भलिबलको विजेताले १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, उत्कृष्ट खेलाडी, लिफ्टर र स्पाईकरलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यसैबीच भोलि आइतबार नै महोत्सवको समापन पनि हुँदैछ ।

पिरुङ स्पोर्ट क्लब
भिमाद-७