५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशिष्ट व्यक्तिको सवारी सुरक्षाको नाममा घण्टौँसम्म सडक खाली गराउने परम्परालाई बदल्नुपर्छ: गगन थापा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार राष्ट्रपतिको सवारी क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको बताएका छन् । उक्त घटनाका दोषीलाई कारबाहीको माग राख्दै सरकारबाट तत्काल सुनुवाइ हुनु पर्नेमा थापाले जोड दिएका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै थापाले विशिष्ट व्यक्तिको सवारी सुरक्षा व्यवस्थापन गर्ने नाममा घण्टौँसम्म सडक खाली गराउने परम्परालाई बदल्नुपर्ने बताएका छन् । ‘विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास ‘परम्परा’ को नाममा चलिरहेको छ।’, उनले भनेका छन्, ‘यो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ। यो पटक पनि त्यस्तै हुन्छ।’

महामन्त्री थापाले शुक्रबारको घटना पुनः दोहोरिन नदिन सरकारले गर्नुपर्ने दुई वटा कामको सुझाव दिएका छन् । उनको पहिलो सुझाव यस्तो छ, ‘१० विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ। राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्‍याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ।’

महामन्त्री थापाले दोस्रो सुझावमा भनेका छन्, ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरी अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ।’ उनले आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिने, पालन गर्ने र गराउने कुरामा प्रतिबद्ध रहने जनाएका छन् ।

राष्ट्रपति एउटा व्यक्ति मात्र नभएर संस्था भएको र संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने परम्परा र शैलीलाई बदल्न थापाले आग्रह गरेका छन् ।’यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ । यसको एउटा कारण तामझामवाला शैली हो। संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ’ उनको आग्रह छ ।’