१२ मंसिर २०८१, बुधबार
,
Latest
मार्फामा बढ्दै पर्यटक राष्ट्रिय गौरवका आयोजना : अपेक्षित प्रगतिको प्रतीक्षा एनपीएल२०२४ डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ यु–१९ एशिया कपमा उत्कृष्ट नतिजा दिन तयार छौं– प्रशिक्षक शक्ति गौचन सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छः अर्थमन्त्री पौडेल कालीगण्डकी नदी किनारमा शव भेटियो दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटः नेपालले दक्षिण अफ्रिकालाई हरायो प्रधानमन्त्रीको टिप्पणीः मुलुकमा झुटको खेती गर्नेको कमी छैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशलाई, नेपाल उपविजेता



अ+ अ-

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको उपाधि आयोजक बंगलादेशले जितेको छ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा बंगलादेशले नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

फाइनलमा पराजित भएसँगै नेपालले भने उपविजेतामै चित्त बुझाएको छ । बंगलादेश अपराजित रहँदै उपाधि जित्न सफल रह्यो ।

बंगलादेशलाई जित दिलाउन शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले एक–एक गोल गरे ।

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।

चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल खेलेको हो भने बंगलादेश शीर्ष स्थानमा रहेर फाइनल खेलेको थियो ।