६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ महिनामा सवा तीन अर्बको क्लिंकर आयात



अ+ अ-

काठमाडौं । मुलुक सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको दाबी गरिए पनि चालू आर्थिक वर्षमा तयारी सिमेन्ट तथा स्वदेशी उद्योगका लागि आवश्यक कच्चा पदार्थ क्लिंकरको आयात बढेको छ । भन्सार विभागका अनुसार जेठ मसान्तसम्म तीन अर्ब २० करोड रुपैयाँ बराबरको क्लिंकर आयात भएको छ । यस्तै, तयारी सिमेन्टको आयात पनि उल्लेख्य बढेको छ ।

विभागका अनुसार चालू आवको जेठसम्ममा चार करोड २२ लाख ७१ हजार किलो क्लिंकर आयात भइसकेको छ । जसको भन्सार मूल्यांकन तीन अर्ब २० करोड २८ लाख छ र यसबाट एक अर्ब ५९ करोड ४१ लाख रुपैयाँ बराबरको राजस्व प्राप्त भएको छ । यसरी सरकारी राजस्वमा सिमेन्ट तथा क्लिंकर पनि बर्सेनि ठूलो स्रोत बन्दै आएको छ ।

यता स्वदेशी सिमेन्ट उद्योगहरूले भने नेपालको माग पूरा गर्नसक्ने र निर्यातका लागि पनि तयार रहेको बताउँदै आएका छन् तर जेठसम्ममा २८ करोड ९० लाख ६२ हजार रुपैयाँ बराबरको एक करोड ६९ लाख ६७ हजार किलोग्राम ह्वाइट पोर्टल्यान्ड सिमेन्ट आयात भएको तथ्यांक छ । जसबाट १३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । नेपालमा भारतबाट सिमेन्ट तथा क्लिंकर आयात हुने भए पनि यो अवधिमा चीनबाट समेत व्यवसायीले सिमेन्ट भित्र्याएका छन् । जसको परिमाण भने नगण्य छ ।

नेपाल राष्ट्र बैंकले भने वैशाख मसान्तसम्ममै तीन अर्ब ७८ करोडको सिमेन्ट तथा क्लिंकर आयात भएको तथ्यांक प्रकाशित गरेको छ । भन्सार विभागले सिमेन्टका प्रकार तथा क्लिंकर आयातको तथ्यांक छुट्टाछुट्टै राख्ने तर केन्द्रीय बैंकले सिमेन्टजन्य वस्तु आयातको तथ्यांक एकीकृत रूपमा राख्ने भएकाले तथ्यांकमा एकरुपता नभएको उद्योगीहरूको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्ममा नै सिमेन्ट तथा क्लिंकर आयात गत वर्षको तुलनामा २७।१ प्रतिशतले वृद्धि भएको छ । तर गत वर्षको सोही अवधिमा आयातमा ७५।५ प्रतिशतले गिरावट आएको तथ्यांक छ । यो समाचार कारोबार दैनिकमा छ ।