७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउन आवश्यक छः सभामुख घिमिरे(भिडियोसहित)

खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउन आवश्यक छः सभामुख घिमिरे(भिडियोसहित)
file
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउनसके राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने बताउनुभएको छ ।

बिहीवार सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले खेलकुदले शारीरिक, मानसिक विकास मात्रै नभइ सहकार्यलाई पनि बढाउन सहयोग गर्ने बताउनु भयो । उहाँले पहिला शारीरिक श्रमले शरीरलाई तन्दुरुस्त बनाउने गरेपनि मानिसहरु अहिले मानसिक काममा नै बढी केन्द्रित हुन पुगेकाले खेलकुदकै माध्यमबाट शरीरलाई तन्दुरुस्त राख्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले सार्वजनिक संस्थानहरुले गर्ने खेल क्षेत्रका कार्यक्रमलाई तल्लो स्तरबाट नै अघि बढाउन सके खेलकुदमा युवाहरुको आकर्षण बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खेलकुद हाम्रो शारीरिक, मानसिक विकास मात्रै होइन, विभिन्न इभेन्टमा सहकार्यको माध्यम पनि हो । राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने माध्यम र शरीरलाई स्वास्थ्य बनाउन चाहिन्छ । हाम्रो समाज विकासमा हिजोको शारीरिक श्रमले शरीरलाई तन्दुरुस्त बनाउँथ्यो भने अहिले सकि नसकी त्यसबाट टाढा हुने र मानसिक काममा नै लाग्नुपर्ने र शहरीया परिवेसमा त अझ महत्व बढेको छ ।

सार्वजनिक संस्थानहरु मिलेर खेलकुदको क्षेत्रमा केही गरौँ भनेर लाग्नुभएको छ, यसले खेलका विभिन्न क्षेत्रमा योगदान पुगेको छ । सार्वजनिक संस्थानहरु आय, आर्जनका महत्वपूर्ण क्षेत्र हुन् । वित्तीय कारोबार गर्ने विभिन्न संघ, संस्थानहरु उनीहरुले कमाएको केही निश्चित प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यत्मक परिस्थिति छ । यस्तो बेलामा सार्वजनिक संस्थानका कर्मचारीको बीचमा यस्ता कार्यक्रमलाई राष्ट्रव्यापी बनाउने, तल्लै स्तरबाट प्रतियोगिता गर्दा खेलकुदलाई आकर्षक बनाउन सक्छ । नेपालले खेलकुदमा केही प्रगति गरिरहेको छ । उल्लेखनीय भुमिका निभाउँदै आएको छ, यसलाई सुव्यवस्थित ढंगबाट खेललाई विकास गर्न योगदान पु¥याउनेछ । खेलले हाम्रो आत्मियता र गौरवलाई अघि बढाउनेछ ।’

सभामुख घिमिरेले खेलकुदलाई सुव्यवस्थित बनाएर खेल क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउँदै खेलकुदले देशमा आत्मियता र गौरव बढाउने बताउनु भयो । उहाँले नेपालले खेलकुदमा प्रगति गरिरहेपनि पर्याप्त नभएको बताउनु भयो ।