५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्की भूकम्पः १५ हजार बढीको मृत्यु



अ+ अ-

एजेन्सी । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म १५ हजार जनाको मृत्यु भएको छ ।

हालसम्म १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको दुवै देशका सरकारी अधिकारीहरूले बताएका छन् । टर्कीमा मात्र ४० हजारभन्दा बढी घाइते भएका छन् । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् ।

करिब छ हजार भवन भत्केकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मी र चिकित्सकले बताएका छन् । उद्धार तथा राहतको अनुगमन एवम् समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् । भूकम्पबाट अति प्रभावित १० प्रान्तमा तीनमहिने आपत्काल घोषणा गरिएको छ ।

अन्तर्राष्ट्रिय समुदायले टर्कीए र सिरियामा राहत सामग्रीसहित उद्धारकर्मी परिचालन गरेको छ । बेलायतका नवनियुक्त सत्तारुढ कञ्जरवेटिभ पार्टीका अध्यक्षले टर्कीएको अनुरोधअनुसार थप सहायता उपलव्ध गराउने बताएका छन् ।

युरोपेली सङ्घ, रुसी महासङ्घ, इजरायल, चीन, भारत, पाकिस्तान, ग्रीस, जर्मनी, लेबनान, दक्षिण कोरिया, जापान, अष्ट्रेलियाले पनि आफ्नो सामथ्र्यअनुसार आर्थिक एवम् भौतिक सहायता उपलव्ध गराएका छन् । इजरायल, चीन र भारतले चिकित्सक, इञ्जिनियर र भारी उपकरणका साथ उद्धारकर्मी परिचालन गरेका छन् ।

फोटो- एफपी /रासस