२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्की भूकम्पको असरः साढे ३ मिटर सर्‍यो जमिन



अ+ अ-

एजेन्सी । टर्कीमा सोमबार गएका दुईवटा शक्तिशाली भूकम्पका कारण त्यहाँको भौगोलिक अवस्थामा बदलाव आएको छ ।

भूगर्भविदका अनुसार भूकम्पले गर्दा टर्की अवस्थित रहेको टेक्टोनिक प्लेटलाई १० फिट पर सारिदिएको छ । जसका कारण टर्कीको भौगोलिक अवस्थिति नै साढे ३ मिटर सरेको छ ।

वास्तवमा टर्की ३ टेक्टोनिक प्लेटको बीचमा अवस्थित छ । यी प्लेटहरू एनाटोलियन टेक्टोनिक प्लेट, यूरेशियन र अरेबियन प्लेट हुन् ।

विज्ञहरूका अनुसार एनाटोलियन टेक्टोनिक प्लेट र अरेबियन प्लेट एकअर्काबाट २२५ किलोमिटर टाढा सरेका छन् । जसका कारण टर्की आफ्नो भौगोलिक स्थानबाट १० फिट सरेको छ ।

इटालीका भूकम्पविद् डा कार्लो डोग्लियोनीले टेक्टोनिक प्लेटमा भएको परिवर्तनका कारण टर्की सिरियाभन्दा ५ देखि ६ मिटर (लगभग २० फिट) बढी भित्र सरेको हुनसक्ने बताए । उनले भने – यद्यपि प्रारम्भिक तथ्यांकबाट यस्तो जानकारी प्राप्त भएको हो । आगामी दिनहरूमा स्याटेलाइट इमेजबाट सही जानकारी उपलब्ध हुनेछ ।