२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२० महिला च्याम्पियनसिपः नेपालको प्रतिद्वन्द्वी बंगलादेश



अ+ अ-

काठमाडौं । नेपालले बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

बंगलादेशले राउण्ड रोबिन लिगको अन्तिम खेलमा मंगलबार भुटानविरुद्ध जित निकालेसँगै नेपालको फाइनल प्रतिद्वन्दी घरेलु टोली बनेको हो ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बंगलादेशले भुटानलाई ५–० गोल अन्तरले पराजित गर्यो । नेपाल र बंगालदेशबीचको फाइनल खेल बिहीबार हुनेछ ।

बंगलादेश ३ खेलमा ७ सहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो भने नेपाल लिगको दोस्रो स्थानमा रहदै फाइनलको यात्रा तय गरेको हो । नेपालले ३ खेलमा ६ अंक जोड्यो । नेपालले मंगलबार भारतलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो ।