३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटमा उहाँहरुबीच राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपतिको निर्वाचन फागनु २५ गते हुँदैछ ।

सरकार गठन गर्ने बेलामा राष्ट्रपति पद एमाले र प्रधानमन्त्री नेकपा ९माओवादी केन्द्र० ले लिने सहमति भएको थियो । यद्यपि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बेलामा प्रतिपक्षी नेपाली कांग्रेसले पनि पक्षमा मत दिएपछि राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताउँदै आउनुभएको छ ।

सहमतिअनुसार एमालेले नै राष्ट्रपति पाउनुपर्ने भन्दै आएको एमाले प्रधानमन्त्रीको उक्त भनाइपछि सशंकित भएको छ ।