२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिग मुख्य प्रायोजकविहिन: टिकेटिङ, मार्केटिङ र ब्रोडकाष्टिङमा परेन टेन्डर



अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको टिकेटिङ अधिकार, कमर्सियल र मार्केटिङ अधिकार खरिदका लागि आह्वान गरेको टेन्डरमा कसैले प्रस्ताव नगरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।

लिगको टिकट र मार्केटिङ अधिकारमा कुनैपनि कम्पनीले दाबी पेश नगरेपछि एन्फाले पुन सात दिने सुचना जारी गर्ने तयारी गरेको बताईएको छ ।

यस्तै, एन्फाले आह्वान गरेको ’ए’ ’बी’ र ’सी’ लिगको ब्रोडकाष्टिङ अधिकारका लागि समेत कुनैपनि कम्पनीले इच्छा नदेखाएको बताएको छ।

एन्फाले फेब्रअरी ६ सोमबारसम्मको मिति राखेर टेन्डर आह्वान गरेको थियो । तर, कुनैपनि कम्पनीले दाबी पेश नगरेपछि एन्फाले पुनः टिकेटिङ, मार्केटिङ र ब्रोडकाष्टिङकै टेन्डर अवधि ७ दिन थपेको हो ।

निर्धारित मितिसम्म कुनैपनि कम्पनीबाट प्रस्ताव नआएपछि टेन्डरको मिति ७ दिन थप गरेर सूचना जारी हुने एन्फाका प्रवक्ता सुरेश शाहले बताए ।

एन्फाको कार्यसमिति बैठकले टिकेटिङको लागि न्युनतम १ करोड ५० लाख तोकेको थियो । यस्तै, एन्फाले शीर्षक प्रायोजक बाहेकका कमर्सियल र मार्केटिङ अधिकारका लागि न्युनतम १ करोड ५० लाख र ब्रोडकाष्टिङ अधिकारका लागि न्युनतम ६० लाख तोकेर टेन्डर आह्वान गरेको थियो ।

नयाँ सिजनको ’ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । तर, एन्फाले लिगको मुख्य प्रायोजक समेत पाउन सकेको छैन ।

 




भर्खरै