२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ ओर्लनेबित्तिकै सामन्था पावर भक्तपुरको आदर्शमा माविमा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल आइपुग्नुभएकी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावर भक्तपुरको एक स्कुल पुग्नुभएको छ ।

आज बिहान काठमाडौँ आइपुग्नुभएकी पावर सानोठिमीस्थित आदर्श मावि पुग्नुभएको हो । उहाँले त्यहाँ स्कूलका विद्यार्थीहरुसँग बास्केटबल खेल्ने र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ । विद्यालयमा उहाँलाई स्कूलका विद्यार्थीहरुले परम्परागत नेवारी नाच देखाएर स्वागत गरेका थिए ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहनुभएकी उहाँ अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुनुहुन्छ । नेपालमा रहँदा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री विमला राई पौड्याल, नागरिक समाजका व्यक्तित्व, सामुदायिक समूहहरु र व्यवसायहीहरुसँग भेट गर्ने कार्यक्रम छ ।