२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा बिद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न



अ+ अ-

काठमाडौं । दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र काठमाडौँको आयोजनामा तथा गोरखा नगरपालिकाको संयोजन र सरस्वती मावि आहाले–८ को सहयोगमा गोरखा नगरपालिकास्तरीय मावि तहको वक्तृत्वकला प्रतियोगिता सरस्वती मावि आहालेमा सम्पन्न भएको छ ।

‘नेपाल राष्ट्र निर्माणमा गोरखालीहरूको भूमिका’ विषयक सो प्रतियोगितामा १३ छात्रा र ४ जना छात्र गरी जम्मा १७ विद्यार्थीहरू सहभागी भएका थिए। महेन्द्र मावि, कुन्दुरका मन्दिप लामा प्रथम, ओल्ड क्यापिटल बोर्डिङ स्कुल, रानीवनकी छात्रा प्रजिता बानिया द्वितीय र शक्ति मावि, पाटेचौरकी छात्रा समिना पन्त तृतीय भए। विजयी प्रथम, द्वितीर र तृतीय विद्यार्थीहरूलाई क्रमशः ७०००, ,५०००, र ३००० नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

साथै सम्पूर्ण सहभागी प्रतिस्पर्धी विद्यार्थीलाई पनि सहभागिताको प्रमाणपत्रका साथै आवतजावत खर्च स्वरूप नगद रू १००० हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रम दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रका अध्यक्ष वरिष्ठ ईन्जिनियर ईश्वरचन्द्र बानियाको अध्यक्षतामा तथा गोरखा नगरपालिकाका मेयर कृष्णरानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

स्मृतिकेन्द्रका महासचिव कपिलचन्द्र खनालले संस्थाको परिचयात्मक टिप्पणीसहित स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव जनार्दन कट्टेलले गर्नुभएको थियो। साथै सरस्वती मावि आहालेका प्राचार्य पुरुषोत्तम भट्टराई र वडाध्यक्ष ऋषिराम खत्रीले मन्तव्य राख्नुभएको थियो ।

विद्यार्थीहरूको ज्ञान अभिवृद्धि तथा व्यक्तित्व विकासका निम्ति आयोजित उक्त कार्यक्रममा छात्रछात्राहरू, शिक्षकहरू, अभिभावकहरू, स्मृतिकेन्द्रका पदाधिकारीहरूलगायत विभिन्न विद्वानहरू र जनसाधारणहरूको ठूलो उपस्थिति थियो।