• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

राष्ट्रपति भण्डारीले हेर्नुभयो ‘महापुरुष’



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार महजोडी अभिनित ‘महापुरुष’ हेर्नुभएको छ । केही अगाडिदेखि कलाकर्मीसँगको भेटघाटमा राष्ट्रपति भण्डारीलाई अभिनेत्री गौरी मल्लले फिल्म हेर्न आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो, “हामीसँग भएको कुराकानीकै आधार फिल्म हेर्नुभएको हो । फिल्म हेरेपछि उहाँले राम्रो प्रतिक्रिया दिनुभयो ।”

महजोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसँगै कलाकार गौरी मल्ल, अञ्जना बराइली र प्राविधिक टिमका सदस्यसमेत उपस्थिति रहेको शो हेरेपछि राष्ट्रपति भण्डारीले फिल्म मन परेको प्रतिक्रिया दिनुभएको थियो ।

अभिनेता आचार्यले राष्ट्रपति कार्यालयमा फिल्मले उठान गरेको विषयवस्तुलाई रूचाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपतिज्यूले फिल्मले रुवाउने भन्ने सुन्नुभएको रहेछ । उहाँले नरुने भनेर फिल्म हेरे पनि कथावस्तुसँग जोडिएपछि आँखा रसाएका थियो ।” नेपाली फिल्मप्रति राष्ट्रपति भण्डारीले देखाउनुभएको चासोले फाइदा पुग्ने विश्वास अभिनेता आचार्यले व्यक्त गर्नुभयो ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइलीसमेत मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबास गर्ने अवकासप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपनको कथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरलरूपमा प्रस्तुत गरिएको छ ।

षट्कोण आर्ट्स प्रालिको ब्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दीपेश खत्री रहेका छन् । गत कात्तिक ११ मा प्रदर्शन भएको फिल्मले घरेलु बजारमै रु १० करोडको हाराहारीमा ग्रस कलेक्शन गरेको डाटा सार्वजनिक गरेको थियो । रासस