८ श्रावण २०८३, शुक्रबार
,
Latest
लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारद्वारा सुझाव आह्वान नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर ‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिषाको ह्याट्रिकमा नेपालको जित



अ+ अ-

काठमाडौँ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले पहिलो जित निकालेको छ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको हो । नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् भने कप्तान प्रिती राईले एक गोल गरिन् ।

भुटानको यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो । पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग ३–१ गोलको हार ब्यहारेको थियो ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । अब नेपालले अन्तिम खेलमा भारतसँग खेल्नेछ । उक्त खेल मंगलबार हुनेछ ।