४ पुष २०८२, शुक्रबार
,
Latest
अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा



अ+ अ-

काठमाडौं । बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्त्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ ।बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने विज्ञको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु कोरोनाकै कारण भइसकेको छ ।

यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ४८ जनाको कोरोनाबाट मृत्यु भएको छ । २० देखि २९ वर्ष उमेर समूहका २७६ जनाको मृत्यु कोरोनाबाट भएको छ । प्राप्त तथ्याङ्कले किशोर तथा युवासँगै बालबालिका कोरोनाको उच्च जोखिममा रहेका छन् भन्ने प्रस्ट देखाउँछ । शनिबारको मात्र तथ्याङ्क हेर्ने हो भने १० वर्षसम्मका ५२ जना बालबालिका कोरोना सङ्क्रमित भएका छन् भने ११ वर्षदेखि २० वर्षसम्मका १३० जना कोरोना सङ्क्रमित भएका छन् ।

नेपालमा कोरोनाको पहिलो चरणको सङ्क्रमणमा बालबालिका जोगिएका थिए । दोस्रो भेरियन्टमा बालबालिका सङ्क्रमित र मृत्यु हुने सङ्ख्या बढेपछि चिन्ता बढेको छ । बालबालिकालाई कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक अस्पताललाई कुल शय्याको २० प्रतिशत बालबालिकाका लागि छुट्याउन निर्देशन दिइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।