७ पुष २०८२, सोमबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टर सिटीले एस्टन भिल्लालाई ४–२ गोलले हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–२ गोलले पराजित गरेको हो ।

खेलको नवौँ मिनेटमा वली वाट्कीन्सले गोल गर्दै घरेलु टोली भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि अर्थात् १२ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई १–१ को बराबरीमा ल्याए ।

३२ औं मिनेटमा लेस्टरका ह्यारी सोउत्तरले आत्मघाती गोल गरेपछि भिल्ला २–१ गोलले अगाडी बढ्यो । तर, ४१ औं मिनेटमा केलेची इहाञ्चोले गोल गर्दै लेस्टरलाई २–२ को बराबरीमा ल्याए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा टेटेले र ७९ औं मिनेटमा डेनीस प्राएटले गोल गर्दै लेस्टरलाई ४–२ को जित दिलाए ।

यो नतिजासँगै २१ खेलबाट २८ अंकसहित एस्टन भिल्ला तालिकाको ११ औं स्थानमा रहेको छ । समान खेलबाट २१ अंकसहित लेस्टर सिटी १३ औं स्थानमा छ ।