२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः क्रिस्टल प्यालेसविरुद्ध युनाइटेडको जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।

शनिबार राति सम्पन्न खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ गोलले पराजित गरेको हो । युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेज र मार्कुस रासफोर्डले एक–एक गोल गरे । प्यालेसका जेफरी स्कुलुपले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टिम युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

७६ औं मिनेटमा प्यालेसका जेफरी स्कुलुपले गोल गरेपनि टोलीको हार टार्न सकेनन् । ७० औं मिनेटमा कासेमिरोले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै २१ खेलबाट ४२ अंकसहित युनाइटेड तालिकाको तेस्रो स्थानमा रहेको छ । प्यालेस समान खेलबाट २४ अंकसहित १२ औं स्थानमा रहेको छ ।