४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवती हुँदाको खुशी साट्दै प्रियंका र आयुष्मान (फोटो फिचर)



अ+ अ-

काठमाडौं । गर्भवती भएकी नायिका प्रियंका कार्की र बावु हुन लागेको नायक आयुष्मान देशराज आजभोली खुशी साट्दै छन् । सामाजिक संञ्जाल मार्फत उनीहरु दुवैजनाले आफ्नो गर्भवतीको अपडेट दिदैँ आएको छन् । घरमा आउने नयाँ सदस्यको स्वागतमा उनीहरु एकपछि अर्को वेवी साओर देखि लिएर सपिङ गरिएको फोटोहरु पनि समाजिक संञ्जान मै सार्वजनिक भएको हुन् । 

प्रियंकाले आयुष्मानको साथले आफ्नो पेटमा एउटा यस्तो जीवन हुर्किरहेको उल्लेख गर्दै जसलाई प्रेम, खुशी, सन्तुष्टी र नयाँ सुरुवातका लागि तयार राखेको उल्लेख गरेकी छिन् । उनले, आफूले चाहेको सबैथोक आयुष्मान भएको पनि लेखेकी छिन् । नायिका कार्कीले, अब आफूहरुको चमत्कारलाई स्वागत गर्नका लागि आफूले पर्खन नसक्ने पनि बताएकी छिन् ।

नायिका कार्की केही दिनमा नै आमा बन्दैछिन् । सामाजिक संजालमा विभिन्न कारणले चर्चा र आलोचना भएपनि आयुष्मान र प्रियंकालाई यसले खासै प्रभाव पारेको छैन । उनीहरु, आफ्नै तरिकाले जीवनलाई अगाडि बढाइरहेका छन् ।

प्रियंकाले आयुष्मानलाई उक्त बेबी साओर संगठित गरिदिएकोमा धन्यवाद व्यक्त गरेकी छन् । र साथसाथै यो सबैभन्दा उत्तम साओर भएको पनि उल्लेख गरिकी छन् ।