२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

सापकोटाले सञ्चारमाध्यममा दिएको सूचना असत्य तथा भ्रमपूर्ण: रास्वपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले सञ्चारमाध्यममा अन्तरवार्तामार्फत दिएको सूचना असत्य तथा भ्रमपूर्ण रहेको जनाएको छ ।

पार्टी प्रवक्ता एवं महामन्त्री डा मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै सापकोटाले प्रतिनिधिसभा सदस्य निर्वाचनदेखि नै पार्टीलाई असहयोग गर्दै आउनुभएको, निर्वाचन अभियानमा सहभागी नहुनुभएको जस्ता गतिविधि गरेको बताउनुभयो ।

उहाँले पार्टीको विधानबमोजिमका हैसियतभन्दा बाहिरका गतिविधिको नेतृत्वसमेत गरेकाले गत पुस १७ गते सापकोटालाई स्पष्टीकरण सोधिएको र त्यस्ता कुनै गतिविधि र कार्यमा संलग्न नहुन निर्देशन दिइएको उल्लेख गर्नुभएको छ ।

सापकोटाले स्पष्टीकरण दिएपछि सो विषया पार्टीले निर्णय गर्नुअघि नै यही माघ ८ गते पार्टीबाट राजीनामा दिएको र पार्टीको केन्द्रीय समितिको बैठकले राजीनामा स्वीकृत गरेको विज्ञप्तिमा उल्लेख छ ।