२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सापकोटाले सञ्चारमाध्यममा दिएको सूचना असत्य तथा भ्रमपूर्ण: रास्वपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले सञ्चारमाध्यममा अन्तरवार्तामार्फत दिएको सूचना असत्य तथा भ्रमपूर्ण रहेको जनाएको छ ।

पार्टी प्रवक्ता एवं महामन्त्री डा मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै सापकोटाले प्रतिनिधिसभा सदस्य निर्वाचनदेखि नै पार्टीलाई असहयोग गर्दै आउनुभएको, निर्वाचन अभियानमा सहभागी नहुनुभएको जस्ता गतिविधि गरेको बताउनुभयो ।

उहाँले पार्टीको विधानबमोजिमका हैसियतभन्दा बाहिरका गतिविधिको नेतृत्वसमेत गरेकाले गत पुस १७ गते सापकोटालाई स्पष्टीकरण सोधिएको र त्यस्ता कुनै गतिविधि र कार्यमा संलग्न नहुन निर्देशन दिइएको उल्लेख गर्नुभएको छ ।

सापकोटाले स्पष्टीकरण दिएपछि सो विषया पार्टीले निर्णय गर्नुअघि नै यही माघ ८ गते पार्टीबाट राजीनामा दिएको र पार्टीको केन्द्रीय समितिको बैठकले राजीनामा स्वीकृत गरेको विज्ञप्तिमा उल्लेख छ ।