११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल

अमेरिकी सरकारले नेपाललाई दिएको खोप नेपाली जनताको जीवन रक्षाका लागि बरदानस्वरुप हुनेछ: स्वास्थ्यमन्त्री श्रेष्ठ (भिडियो सहित)

अमेरिकी सरकारले नेपाललाई दिएको खोप नेपाली जनताको जीवन रक्षाका लागि बरदानस्वरुप हुनेछ: स्वास्थ्यमन्त्री श्रेष्ठ (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । अमेरिकाले नेपाल सरकारलाई कोभिड – १९ विरुद्धको १५ लाख भन्दा बढी मात्रा खोप अनुदान सहयोग दिएको छ । अमेरिकाले अनुदान सहयोग दिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप सोमबार नेपाल आइपुगेको हो । 

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रममा विच स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई अमेरिकी सरकारले कोभ्याक्स सुविधा अन्तर्गत नेपाल सरकारलाई दिइएको जोन्सन एन्ड जोन्सन खोप हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री श्रेष्ठले अमेरिका सरकारले नेपाललाई दिएको खोप नेपाली जनताको जीवन रक्षाका लागि बरदानस्वरुप हुने बताउनुभयो । प्राप्त भएको खोप प्राथमिकताको आधारमा जोखिम समुहलाई दिनेगरी छिट्टै खोप अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘आज प्राप्त भएको खोप प्राथमिकताको आधारमा जोखिम समुहका व्यक्तिहरुलाई तथा ५० देखि ५४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई लगाउने गरी योजना बनाएका छौँ । यसका लागि स्वास्थ्य सेवा विभागको प्राविधिक टोली तयारीमा जुटेको छ । छिट्टै खोप अभियान सञ्चालन गरीनेछ ।’ मन्त्री श्रेष्ठले कोभिड – १९ संक्रमणको सुरुवाती चरणदेखि नै अमेरिकी सरकारले भेन्टीलेटर, परिक्षण किट, व्यक्तिगत सुरक्षा सामग्री लगायतको सहयोग गरेको भन्दै अमेरिकी सरकार, जनता र दूतावासप्रति आभार व्यक्त गर्नुभयो । 

खोप सहयोग हस्तान्तरण गर्दै नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले खोप अमेरिकी जनताको तर्फबाट उपहार स्वरुप दिएको बताउनुभयो । अमेरिकी सरकारले खोप कुनै काम लिन वा सुविधा पाउनका लागि नदिएको उहाँले स्पष्ट पार्नुभयो । नागरिकको जीवनरक्षाका लागि खोप सहयोग दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘यो अमेरिकी जनताको तर्फबाट उपहार हो । आज आइपुगेको एक मात्रा मात्र लगाए पुग्ने यो खोप नेपालको १५ लाख भन्दा बढी मानिसहरुलाई कोभिड–१९ को घातक प्रभावबाट जोगाउनको निम्ति पर्याप्त हुनेछ । हामीले यो खोप कुनै काम लिन वा सुविधा पाउनका लागि दिएका होइनौँ । हाम्रो खोपमा कुनै स्वार्थ लुकेको छैन । हाम्रा शर्तह खुला र पारदर्शी छन्, जीवनरक्षाको एक मात्र उद्देश्यसहित हामीले यो काम गरेका हौँ ।’

राजदूत बेरीले कोभिड–१९ को प्रतिकार्यका लागि अमेरिकी सरकारले नेपाल सरकारलाई हालसम्म ७ करोड डलर भन्दा बढी सहयोग गरिसकेको पनि उल्लेख गर्नुभयो । आगामी दिनमा पनि नेपाली जनताको जीवन रक्षाको लागि अमेरिकी सरकार साथमै रहेको उहाँले बताउनुभयो । प्राप्त भएको जोन्सन एन्ड जोन्सन खोप एक मात्रा मात्रै लगाए पुग्ने बताइएको छ ।