काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
आजको बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ । त्यस्तै आज बस्ने भनिएको पार्टी पदाधिकारी बैठक भने स्थगित गरिाएको छ।
मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण प्रधानमन्त्री देउवाले भोली शुक्रबार दिउँसो २ बजे बस्ने गरि आजको पदाधिकारी बैठक स्थगित गरेका हुन् ।








