२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट ओलम्पिकमा सहभागी हुने टोलीको बिदाई



अ+ अ-

काठमाडौं ।  

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले २३ जुन¸ २०२१ देखि जापानमा आयोजना हुन गइरहेको ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा सहभागी हुने नेपाली खेलाडी¸ प्रशिक्षक तथा व्यवस्थापकहरूको टोलीलाई बिदाई गर्नुभएको छ । बिहिबार राष्ट्रपति भवन¸ महाराजगञ्जमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले सफलताको शुभकामना दिंदै विदाई गर्नुभयो । 
सो अवसरमा राष्ट्रपतिले नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिक खेलमा सहभागी हुने टोलीनेता राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो । 
ओलम्पिक खेलमा भाग लिने खेलाडीहरूले देशको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने आशा सम्माननीय राष्ट्रपतिले व्यक्त गर्नुभयो । राष्ट्रपतिले भन्नुभयो¸ “विश्वस्तरीय प्रतिस्पर्धा हुने ओलम्पिक खेलमा नेपालको सहभागिताबाट हाम्रो खेलको स्तर अभिवृद्धि गर्नका निम्ति ठूलो अनुभव र अवसर प्राप्त हुन्छ । यस खेलको अन्तर्राष्ट्रिय जगतले सुक्ष्म अवलोकन तथा विश्‍लेषण गर्ने हुनाले स्थापित नियमहरूको पालना गर्दै अनुशासित भएर प्रतिस्पर्धामा सहभागी हुँदा खेलाडीहरूले राष्ट्रको गरिमालाई माथि उठाउन सक्छन् ।” नेपालले खेलकूदका क्षेत्रमा थप प्रगति गर्नुपर्ने उल्लेख गर्नुहुँदै सम्माननीय राष्ट्रपतिले आगामी खेलको विकासका लागि दत्तचित्त रहन सम्बन्धित निकायको ध्यान आकृष्ट गराउनु भयो ।  

कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ तथा सचिव  तुलसा थापा¸युवा तथा खेलकूद मन्त्रालयका सचिव केदार न्यौपाने¸राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल¸ बरिष्ठ खेल अधिकारीका साथै प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूको उपस्थिति रहेको थियो ।