काठमाडौं । कांग्रेस महाधिवेशन र सरकारमा पार्टिको सहभागिताबारे छलफल गर्न महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठक सकिएको छ ।बैठकमा भोली हुने पदाधिकारी बैठकबाट पार्टिको कृयाशिल सदस्यता बिबाद कसरी मिलाउने र महाधिबेशन कसरी सुनिष्चित गर्ने भन्ने बारेमा छलफल भएको बैठकपछी सहभागी एक नेताले जानकारी दिए ।
सरकारमा पार्टिको सहभागिताबारे सामान्य छलफल भएपनी सरकारमा पठाउने ब्यक्तिकाबारेमा आजको बैठकमा खासै छलफल नभएको उनले बताए ।प्रधानमन्त्री एबम पार्टी सभापती देउबाले कुन कुन मन्त्रालय र कतीवटा मन्त्रालय दिने भन्ने स्पस्ट प्रस्ताब नगरेकोले सरकारका बारेमा खासै छलफल नभएको उनको भनाइ छ ।
प्रधानमन्त्री एबम पार्टी सभापती देउबाले कांग्रेस महाधिवेशन र सरकारमा पार्टिको सहभागिताबारे छलफल गर्न भोली पदाधिकारी बैठक बोलाएका छन । त्यसैको पूर्वसन्ध्यामा भोलिको बैठकको तयारिस्वरुप प्रधानमन्त्री एबम सभापती देउबा इतरका नेताहरुले महामन्त्री डा । कोइरालाको निवास महाराजगञ्जमा आज छलफल गरेका हुन ।