११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला

राष्ट्रपति भण्डारीबाट श्री गणेश र श्री भैरवको संकल्प पूजा सम्पन्न

राष्ट्रपति भण्डारीबाट  श्री गणेश र श्री भैरवको संकल्प पूजा सम्पन्न
अ अ+ अ-

 काठमाडौँ ।  राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जीवित देवीको रूपमा मानिने श्री कुमारीको रक्षार्थ स्थापना गरिएका श्री गणेश र श्री भैरवलाई प्रतिस्थापन गरिएको अवसरमा आयोजित संकल्प पूजा सम्पन्न गर्नुभएको छ । 
शाक्य महाविहार संघको तर्फबाट आयोजना गरिने संकल्प पूजा राष्ट्र प्रमुखले गर्नुपर्ने परम्पराअनुसार विहिबार राष्ट्रपति भवन¸महाराजगञ्जमा सम्पन्न भएको हो ।  नेपाल सम्वत् ८७७ (वि.सं) १८१३० मा काठमाडौँका राजा जयप्रकाश मल्लको शासनकालमा भाद्र शुक्ल पक्षका दिन तलेजु भवानीको प्रतीकको रूपमा शाक्य वंशका कुलपुत्रीहरू मध्येबाट छनौट गरी जीवित देवीको रूपमा श्री कुमारीको स्थापना भएको हो ।

श्री कुमारीको रक्षार्थ शाक्य वंशकै कुलपुत्रहरू मध्येबाट श्री गणेश र श्री भैरव स्थापना गरि रथ तान्ने प्रचलनअनुसार हरेक वर्ष इन्द्रजात्रा (येँया–जात्रा )सम्पन्न हुँदै आएको छ । भाद्र शुक्ल द्वादशीदेखि इन्द्रध्वज पतनसम्मका आठदिन इन्द्रजात्रा मनाइने परम्परा रहिआएको छ । हाल कायम रहनु भएका जीवित देवताहरू श्री गणेश र श्री भैरव युवावस्थामा प्रवेश भएपछि शाक्यहरूको १६ विहारहरूबाट छनौट हुनु भएका नवस्थापित श्री गणेश र श्री भैरवको संकल्प पूजा सम्माननीय राष्ट्रपतिबाट सम्पन्न भएको हो ।